Logo

महिला पर्यटन व्यवसायी सञ्जालमा बराल नेतृत्वको नयाँ कार्यसमिति निर्विरोध


काठमाडौँ । महिला पर्यटन व्यवसायी सञ्जालको अध्यक्षमा जया बराल निर्वाचित भएकी छन् । सञ्जालको आइतबार चौथो साधारणसभासँगै सम्पन्न निर्वाचनबाट बरालको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा शर्मिला काफ्ले, सचिवमा सुस्मा तामाङ, कोषाध्यक्षमा अनुपा अधिकारी र सहकोषाध्यक्ष स्विटी मानन्धर निर्वाचित भएका छन् ।

यस्तै, सदस्यहरुमा निरु अधिकारी, सुनिता गुरुङ, गिता शर्मा र लक्ष्मी कार्की निर्वाचित भएको सञ्जालकाी पूर्वकोषाध्यक्ष सकुन्तला देवकोटाले जानकारी दिइन् ।

विस २०७८ मा पर्यटन व्यवसायी निर्मला धमलाको नेतृत्वमा स्थापना भएको सञ्जालमा हाल पर्यटन क्षेत्रमा क्रियाशिल झण्डै १०० महिला व्यवसायीहरु आवद्ध रहेका छन् ।

सञ्जालले पर्यटन क्षेत्रमा कार्यरत महिलालाई कर, भ्याटसम्बन्धी प्रशिक्षण कार्यक्रम, महिलाको क्षमता अभिवृद्धि तालिम, महिलालाई पर्यटनसँग जोड्नका लागि विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको छ । यस्तै सञ्जालले महिलालाई पर्यटनमार्फत आत्मनिर्भर बनाउने काम गरिरहेको छ ।

 

प्रकाशित मिति : सोमबार, ३० मंसिर २०८२ ०७:५२
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ