Logo

सगरमाथा र ल्होत्सेको बाटो खोल्ने तथा डोरी फिक्सिङ गर्ने टोली घोषणा, पर्वतारोहण सञ्चालक संघद्वारा बधाई तथा शुभकामना ज्ञापन


काठमाडौं, १० चैत्र / सन् २०२६ को बसन्त ऋतुका लागि सगरमाथा र ल्होत्से हिमालको मार्ग खोल्ने तथा डोरी फिक्सिङ गर्ने टोलीको घोषणा गरिएको छ ।

नेपाल पर्वतारोहण सञ्चालक संघका कार्यसमिति सदस्य पेम्बा शेर्पाको संयोजकत्वमा यस सिजनको डोरी फिक्सिङ समन्वय उपसमिति गठन गरिएको छ भने मिङ्मा तेन्जी शेर्पालाई टोली नेता बनाएर डोरी फिक्सिङ टोली खडा गरिएको संघका महासचिव ऋषि भण्डारीले जानकारी दिनुभयो ।

महासचिव भण्डारीका अनुसार उक्त टोलीको सदस्यहरुमा पाम दोर्जे शेर्पा, छोम्बा तेन्जी शेर्पा, पासाङ ताशी शेर्पा, मिङ्मा नुर्बु शेर्पा, लोप्साङ भोटे, फुर तेन्जिङ शेर्पा, गुरु भोटे, मिङ्मा दोर्ची शेर्पा र पासाङ तेन्जिङ शेर्पा रहेका छन् ।

बेस क्याम्प र काठमाडौँबीच प्रभावकारी समन्वय सुनिश्चित गर्नका लागि संघका कार्यसमिति सदस्य बाबु शेर्पालाई बेस क्याम्प समन्वय तथा सम्पर्क व्यक्ति तोकिएको छ। साथै, सेभेन समिट ट्रेक्स एण्ड एक्स्पीडीसनका बेसक्याम्प म्यानेजर तथा सर्दार दोर्जे ओङ्दा शेर्पालाई अतिरिक्त समन्वयकर्ताको रूपमा छनोट गरिएको छ।

यसैबीच नेपाल पर्वतारोहण सञ्चालक संघले आज काठमाडौंमा एक विशेष कार्यक्रम आयोजना गरी टोलीलाई औपचारिक रूपमा बधाई तथा शुभकामना ज्ञापन गरेको छ ।

कार्यक्रममा संघका अध्यक्ष डम्बर पराजुलीले पर्वतारोहण क्षेत्रमा शेर्पा गाइडहरूले वर्षौँदेखि देखाउँदै आएको समर्पण, व्यावसायिकता र इमान्दारिताको उच्च प्रशंसा गर्नुभयो। उहाँले नेपालको पर्वतारोहण क्षेत्र शेर्पा समुदायको महत्वपूर्ण योगदानमा आधारित रहेको र यसको निरन्तर सफलताका लागि उनीहरूको भूमिका आधारभूत रहेको बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पर्वतारोहण संघ (एनएमए)का अध्यक्ष फुर गेल्जे शेर्पाले मार्ग खोल्ने तथा डोरी फिक्सिङ कार्य सुरक्षित, भरपर्दो र व्यावसायिक ढंगले सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।

ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले सगरमाथाको विश्वव्यापी महत्वबारे प्रकाश पार्दै सम्पूर्ण अभियान गतिविधिमा सुरक्षा र जिम्मेवारी अत्यन्त आवश्यक रहेको बताउनुभयो। उहाँले नेपालको विशाल पर्यटन सम्भावनालाई औंल्याउँदै विशेषगरी क्लाइम्बिङ शेर्पाहरूलाई राष्ट्रका प्रतिनिधिका रूपमा उचित सम्मान र राज्यबाट आवश्यक सहयोग दिनुपर्ने आवश्यकता पनि उल्लेख गर्नुभयो ।

सोही अवसरमा नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण सञ्चालक संघको लोगो अंकित झण्डा संघका अध्यक्ष पराजुली, टानका अध्यक्ष पाण्डे र एनएमएका अध्यक्ष शेर्पाले संयुक्त रूपमा टोलीलाई हस्तान्तरण गर्नुभएको थियो । जसलाई प्रतीकात्मक रूपमा शिखरमा स्थापना गरिने छ।

प्रकाशित मिति : मंगलवार, १० चैत्र २०८२ १८:३६
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ