Logo

सिडिओ हेरफेर


काठमाडौ : गृह मन्त्रालयले विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ)को हेरफेर गरेको छ । मन्त्रालयले सोलुखुम्बुकालागी नयाँ सिडिओको रुपमा रमा आचार्यलाई पठाउने निर्णय गरेको हो ।

नयाँ सरुवा अनुसार सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाललाइ कपिलवस्तुको सहायक सिडिओका रुपमा सरुवा गरेको छ । खनाल केही समयकोलागी बिशेष भ्रमणमा जापान जानेभएपछी सोलुखुम्बुको प्रमुख जिल्ला अधिकारी परिबर्तन गरेको बताइएको छ । सोलुखुम्बुमा महिला सिडियोको रुपमा रमा आचार्य पुगे संगै मुलुकका ७७ मध्ये ८ जिल्लाको नेतृत्व महिला सिडियोले गरेका छ्न्।

प्रकाशित मिति : मंगलवार, २९ पुष २०७६ ००:११
प्रतिक्रिया दिनुहोस्