Logo

मिस्टर एण्ड मिस टिन शेर्पा २०२० प्रतियोगिताको ग्राण्ड फिनाल्ली बुधबार, १९ प्रतियोगीहरु सहभागी भन्दै


काठमाण्डौं । करिब ढेड महिनादेखि सहभागीहरुलाई ट्रेनिङ्ग दिदै आएको मिस्टर एण्ड मिस टिन शेर्पा २०२० प्रतियोगिता आगामी माघ १ गते राजधानी काठमाण्डौंको प्रज्ञाभवनमा हुँदैछ । गौतमबुद्ध फिल्मस प्रा.लि.ले आयोजना गरेको सो प्रतियोगितामा ७ किशोर र १२ किशोरीले सहभागीता जनाउने छन् ।

विभिन्न समुदायमा मिस प्रतियोगीता हुदैआए पनि मिस्टर एण्ड मिस टिन शेर्पा प्रतियोगिता भने नेपालको ईतिहासमा नै सबै समुदायकै लागि दोस्रो प्रतियोगिता हो । विगत बर्षदेखि यो प्रतियोगिता गौतम बुद्ध फिल्मस प्रा.लि.ले शुरु गर्दै आएको हो । शेर्पा समुदायको नयाँ प्रतिभालाई उँजागर गरी शेर्पा जातीको भाषा कला सँस्कृतिलाई चिनाउदै आफ्नो बलियो पहिचान कायम गर्ने उद्देश्यले यो नौलो किसिमको कार्यक्रमको आयोजना गर्न लागिएको गौतम बुद्ध फिल्मस प्रा.लि.का अध्यक्ष छिरिङ डोमा शेर्पाले बताईन् ।

यो कार्यक्रमले शेर्पा समुदायको नव प्रतिभा किशोर किशोरीहरुको क्षेमता र व्यक्तित्व विकासमा समेत टेवा पुग्ने विश्वास रहेको अध्यक्ष शेर्पाले बताइन् । कलाकारिता क्षेत्रमा राम्रो छवी बनाउदै मोडल समेत रहेकी शेर्पाले नयाँ युवाहरुको जोस जाँगर र आत्मा मनोबल बढाउदै अब हरेक बर्ष नै यो कार्यक्रम गर्ने पनि जानकारी दिइन् ।

कार्यक्रमको पूर्ण तयारी भई सकेको नजाउदै आफूले मन परेका प्रतियोगीहरुलाई भोट दिन आयोजक टिमले आग्रह गरेको छ । टिकट प्रति व्यक्ति रु ९९९ रुपैयाँ कायम गरिएको छ ।

प्रकाशित मिति : मंगलवार, २९ पुष २०७६ ०९:११
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ