Logo

उपाधि दाबेदार मछिन्द्रको अप्रत्यासित हार


उपाधि दाबेदार मछिन्द्र क्लबले कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिग फुटबलमा अप्रत्यासित हार व्यहोरेको छ। रेलिगेसनको खतरामा रहेको हिमालयन शेर्पाले भने पहिलो जित दर्ता गरेको छ। ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा शुक्रबार भएको खेलमा शेर्पाले उपाधि दाबेदार मछिन्द्रलाई २–० ले पराजित गरेको हो।

राष्ट्रिय टोलीका महत्वपुर्ण सदस्य रहेको बलियो मछिन्द्रलाई शेर्पाले सहजै पाखा लगाउँदै जितको पहिलो स्वाद लिएको हो। लिगमा अहिलेसम्म एउटा पनि खेल जित्न नसकेको शेर्पाले पिटर सेगुनको आत्मघाती गोलबाट अग्रता लिएको थियो। खेलको २० औं मिनेटमा निरज बस्नेतको फ्रिकिकमा विजय श्रेष्ठले हेडमार्फत गोल गर्दै अग्रता दोब्बर पारे।

लिगको सातौं चरणको यो पहिलो खेल हो। लगातारको वर्षाका कारण एन्फाले आजको खेल दशरथ रंगशालाबाट सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सारेको थियो। शेर्पाले लिगको ७ खेलमा ४ मा बराबरी गर्दा २ खेलमा हार भोग्दा पहिलो जित दर्ता गरेको हो।

मछिन्द्रले लिगका ७ खेलमा ४ जित र २ बराबरी र १ मा हार भोग्दै १३ अंकमा दोस्रो स्थानमा झरेको छ। अघिल्लो सिजन लिगको पुछारबाट दोस्रो स्थानमा रहेका कारण मछिन्द्रको यो सिजन एक अंक घटाइएको छ।

शेर्पा भने पहिलो जितसँगै ३ स्थान माथि उक्लिएको छ। शेर्पा १ मा जित २ मा बराबरी र ४ मा हार भोग्दै ७ अंकमा नवौ स्थानमा छ। लिगमा मछिन्द्रसँगै त्रिभुवन आर्मी क्लबको १३ अंक छ। मनाङ मस्र्याङ्दी क्लबको १२ र रुस्लान थ्री स्टार क्लबको १० अंक छ।

प्रकाशित मिति : शुक्रबार, ३ माघ २०७६ १८:०२
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ