Logo

नाट्टा पश्चिमाञ्चल क्षेत्रीय संघ गण्डकी प्रदेशको अध्यक्षमा सञ्जयकान्त सिग्देल विजयी


पोखरा । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय संघ गण्डकी प्रदेशको अध्यक्षमा सञ्जयकान्त सिग्देल विजयी भएका छन् ।

शनिबार पोखरामा सम्पन्न २५औं साधारणसभा तथा ११औं अधिवेशनबाट अध्यक्षका अर्का उम्मेदवार झवी अधिकारीलाई २० मतले पराजित गर्दै सिग्देल अध्यक्ष बनेका हुन्। सिग्देलले ९० मत प्राप्त गर्दा अधिकारीको पक्षमा ७० मत खस्यो ।

सबैभन्दा बढी मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा हरिराम अधिकारी बिजयी भएका छन् । अर्का प्रतिस्पर्धी सुवास भण्डारीले ५१ मत ल्याएका छन् ।

द्वितीय उपाध्यक्षमा किशोर दाहाल विजयी भएका छन् उनले १०० मत ल्याउँदा प्रतिस्पर्धी नेत्रपाणी भण्डारी (बाबुराम) ले ६१ मत प्राप्त गरेका छन् । महासचिवमा कमला गिरी विजयी बनिन् । उनको पक्षमा ८७ मत खस्दा कुलचन्द्र शर्माले ७५ मत प्राप्त गरे ।

सचिवमा संगीता पौडेल विजयी भएकी छन् । उनको पक्षमा ८७ मत प्राप्त भएको छ भने प्रतिस्पर्धी चेतन कार्कीले ७६ मत प्राप्त गरे । कोषाध्यक्षमा राजेश पहारीले ८४ मत ल्याएर विजयी भए भने प्रतिस्पर्धी विश्वराज आचार्यले ७४ मत प्राप्त गरेका छन् ।

सहकोषाध्यक्षमा नवराज भण्डारीले ७८ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी प्रदीप काफ्लेले ७४ मत प्राप्त गरे । सदस्यमा सुवाष पहारी (११३ मत), ताराप्रसाद गौतम (१०४ मत), सन्दिप श्रेष्ठ (१०० मत), सुशीला सिग्देल (८६ मत), खिम बहादु नेपाल (८० मत) विजयी भएका छन् ।

सहकोषाध्यक्ष नवराज भण्डारी, सदस्य सुशील सिग्देल र खिमबहादुर नेपाली मात्रै झवी अधिकारीको प्यानलबाट जियी भएका हुन् । १५ सदस्यीय समितिमा २ जना सदस्यलाई अध्यक्षले मनोनित गर्ने विधानमा व्यवस्था छ ।

नाट्टामा १ सय ८१ जना सदस्य छन् । अधिवेशनको उद्घाटन पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले गरेका थिए ।

प्रकाशित मिति : आईतवार, ४ फाल्गुन २०७६ १०:१९
प्रतिक्रिया दिनुहोस्