डोमेस्टिक टूरिजम मार्ट (डीटीएम) आगामी वर्षको जेठ १६ र १७ गते हुने
पछिल्लो समय छिमेकी मुलक चीनमा देखिएको कोरोना भाईरसका कारण सिंगो पर्यटन क्षेत्र तरङ्गित भएको स्थीतिलाई मध्यनजर गर्दै यसअघि निर्धारित मिति (फागुन ९ र १०)लाई स्थगित गरी नयाँ मिति तय गरिएको आयोजकले जानकारी दिएको छ ।
डीटीएमको तयारी अन्तीम चरणमा पुगीसकेको स्थीतिमा हालसम्म ७३ वटा स्टल बुकिङ भैसकेको भएपनि पर्यटन क्षेत्रमा देखिएको फरक परिस्थीति र व्यवसायीहरुको सुझाबलाई शिरोपर गर्दै आगामी जेठमा सार्ने निर्णयमा पुगिएको गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव अधिकारीले बताउनुभयो ।
‘पहिला देश अनि विदेश’ भन्ने मुल नाराका साथ मेलालाई भव्य र सव्य बनाउने तयारी भइरहेको भन्दै उहाले पर्यटन बोर्ड, नेपाल टेलिकम, नाथम, पर्यटकीय संघसंस्था, व्यवसायी र शुभेच्छुकहरुबाट यसअघि प्राप्त सहयोगको निरन्तरताको अपेक्षा राखिएको बताउनुभयो।
जसको एकमात्र उद्देश्य नेपाल भ्रमण वर्ष सफल पार्न एकैथलोबाट देश चिनाउने र लुकेर रहेका पर्यटकीय गन्तव्यहरुको उजागर गर्नका साथै पर्यटन व्यावसायीहरुमा सकारात्मक उर्जा प्रदान गर्नु हो ।
मेलालाई सफल बनाउनको लागि डीटीएम सल्लाहकार समिति, गुडविल एम्बेसडर, ब्राण्ड एम्बेसडर, डीटीएम प्रदेश संयोजक, डीटीएम कानुनी सल्लाहकार कमिटी, प्रचार प्रसार संयोजक, डीटीएम मिडिया संयोजक डीटीएम, अन्तर्राष्ट्रिय बिभाग प्रमुखलगायतको जिम्मेवारी बाँडफाँड गरिसकिएको छ ।
मेलामा जिल्लाका पर्यटकीय गन्तव्य तथा व्यावसायिक स्टलहरु, हस्तकलाका सामाग्री, याटिड बन्जिजम्प जिपसायर,केवलकार, ट्रीजम शैक्षिक कलेज, पर्यटक यातायात, देश विदेशको भमण आकाशबाट ती पाराग्लाईडिङ, काठमाण्डौ मोफसलका होटल तथा रेष्ट्ररेन्ट ७ वटै प्रदेशको विभिन्न स्वादका परिकार होमस्टे सञ्चार लगायतको एक ठाउबाट अवलोकन गर्न सकिने र प्याकेजको व्यवस्था रहेको छ ।
साथै राष्टिय कला संस्कृतिको प्रदर्शनी, विभिन्न जातजातिको संस्कृति झल्कने तथा राष्ट्रिय पहिचान दिन बानमा भारीको नत्य प्रस्तुति रहनेछ भने राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको लोकदोहोरी गीत सहितको साकतिक पातली समेत रहने छन् ।