Logo

दुई महिला पदयात्री र एक भरिया अन्नपूर्ण पदयात्रा क्षेत्रबाट वेपत्ता


काठमाडौं । दुई महिला पदयात्रीसहित तीन जना अन्नपूर्ण पदयात्रा क्षेत्रबाट वेपत्ता भएका छन् । ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान)ले नेदरल्याण्डबाट पदयात्रामा आएका दुई महिला पदयात्री र उनीहरुसँगै गएका एक जना भरिया बेपत्ता भएको बुधबार जानकारी दिएको छ ।टानका अनुसार पासपोर्ट नं ‘एनपीआरडीके६९०३’ वाहक मेडेलिन भान डेर पर्क र ओल्गा स्प्रोकेन हराइरहेका छन् । उनीहरुको साथमा एक नेपाली भरिया रहेको उल्लेख छ । तर, उनको नाम भने सार्वजनिक गरिएको छैन ।

९ मार्चबाट उनीहरु जगत, थोराङ ला पास हुँदै जोमसोम जान हिँडेका थिए । उनीहरु अन्तिम पटक १६ मार्चमा हृवाट्स एप र इन्स्टाग्राममार्फत सम्पर्कमा आएका थिए । त्यसपछि भने हराइरहेका छन् ।

नेदरल्याण्डका सिनियर कन्सुलर अफिसर कारी क्यूलेनेरले टानलाई आफ्ना सदस्य कम्पनी तथा सहयागी कर्मचारीमार्फत वेपत्ता नागरिकको खोजी गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : बुधबार, ५ चैत्र २०७६ १९:२८
प्रतिक्रिया दिनुहोस्