Logo

सार्वजनिक यातायातको भाडा बढ्यो, कत्ति पुग्यो ?


काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । विभागले आसार २९ गतेदेखि लागू हुने गरी सार्वजनिक यातायातका साधनमा २८ प्रतिशतसम्म भाडा वृद्धि गरेको हो ।

यातायात व्यवस्था विभागका प्रवक्ता एवं निर्देशक लोकनाथ भुसालका अनुसार यात्रुबाहक सवारी साधनको भाडादर २८ प्रतिशतले बढेको छ । त्यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधन र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधानमा २६ प्रतिशतले भाडा बढेको विभागले जानकारी दिएको छ ।

प्रकाशित मिति : बुधबार, ३० असार २०७८ २०:०८
प्रतिक्रिया दिनुहोस्