Logo

विश्वकप जित्ने टोलीले कति पाउँछ पुरस्कार?


फिफा विश्वकप २०२२ आइतबारदेखि कतारमा सुरु भएको छ।विश्पकपको उद्घाटन खेलमा घरेलु टोलीलाई स्तरब्ध पार्दै इक्वेडरले विजयी सुरुवात गरेको छ।

विश्वकपमा सहभागी ३२ टोलीलाई ८ समूहमा बाँडिएको छ। समूहका शीर्ष २ टोलीले नकआउट चरणमा स्थान बनाउनेछन्।

कतारले विश्वकपका लागि सात रंगशाला तयार पारेको छ। सन् २०१० मा विश्वकप आयोजनाको जिम्मा पाएको कतारले त्यतिबेला देखि नै पूर्वाधार लगायतको तयारी सुरु गरेको थियो।

विश्वकपका लागि मात्रै कतारले २ खर्ब २० अर्ब अमेरिकी डलर खर्च गरेको छ। विश्वकपका लागि आठ स्टेडियममध्ये सात स्टेडियमलाई अर्को प्रयोजनका लागि प्रयोग गर्न मिल्ने गरी बनाइएको छ। यी सात स्टेडियम प्रतियोगिता सकिएपछि हटाइनेछ र स्टेडियम ९७४ लाई भने पूर्णरुपमा हटाइनेछ। यो स्टेडियम कन्टेनरबाट बनाइएको छ।

विश्वकपको उपाधि विजेताले ४ करोड २० लाख अमेरिडी डलर पाउनेछ। उपविजेताले ३ करोड अमेरिकी डलर पाउनेछ।

प्रकाशित मिति : सोमबार, ५ मंसिर २०७९ १८:०४
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ