Logo

न्युयोर्कबाट फर्केका सहसचिव खालिङ राईलाई परराष्ट्रको उत्तर–पूर्वी एसिया महाशाखाको जिम्मेवारी


परराष्ट्रले मन्त्रालय मातहतको महाशाखा प्रमुखमा जिम्मेवारी तोक्न क्रममा महत्वपूर्ण मानिने उत्तर–पूर्वी एसिया महाशाखाको जिम्मेवारी मन्त्रालयका वरिष्ठ सहसचिव अमृत खालिङ राईले पाएका छन् । यो महाशाखाले नेपालको उत्तर छिमेकी चीनसहित जापान र दक्षिण कोरिया जस्ता महत्वपूर्ण मुलुक हेर्ने गर्छ।

चीन मामिला हेर्ने महाशाखाको जिम्मेवारी प्राप्त गरेका राई यसअघि न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघीय मुख्यालयस्थित नेपाली नियोगमा स्थायी प्रतिनिधि थिए।

अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसंघीय नियोगको चार वर्षे कार्यकाल सम्पन्न गरेर उनी अघिल्लो महिनामात्र मन्त्रालय फर्केका हुन्।

राष्ट्रसंघमा नेपालको स्थायी प्रतिनिधिको जिम्मेवारीअघि उनी दक्षिण अफ्रिकामा नेपालका राजदूत थिए।

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको प्रारम्भिक तयारी चलिरहँदा परराष्ट्र मन्त्रालयले आफ्ना वरिष्ठ सहसचिव राईलाई चीन मामिला हेर्ने महाशाखाको जिम्मेवारी दिन लागेको हो।

सो महाशाखाको जिम्मेवारी हालसम्म मन्त्रालयका अर्का वरिष्ठ सहसचिव लोकबहादुर थापाले सम्हालिरहेका छन्। तर, उनलाई सरकारले संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधिको रुपमा प्रस्तावित गरिसकेको छ।

उनलाई संसदीय सुनुवाई समितिले पनि राजदूत सिफारिसका लागि स्वीकृति दिइसकेको छ। राष्ट्रसंघीय स्थायी प्रतिनिधिका लागि एग्रिमो आवस्यक नभएकाले थापाको नियुक्ति छिट्टै हुँदैछ।

‘आज वा भोलिसम्ममा राष्ट्रपतिबाट थापालाई राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधिमा नियुक्ति भइसक्छ’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, ‘त्यसैले, थापाको नियुक्तिपछि रिक्त हुन लागेको उत्तर–पूर्वी महाशाखा प्रमुखको जिम्मेवारी राईलाई दिन लागिएको हो।’

रोचक चाहिँ के भएको छ भने, स्थायी प्रतिनिधिमा राईको कार्यकाल सकिएपछि त्यो जिम्मेवारी थापाले प्राप्त गरेका छन्। यता थापा स्थायी प्रतिनिधिमा नियुक्त भएपछि रिक्त रहने उत्तर–पूर्वी महाशाखाको जिम्मेवारी राईले पाउँदैछन्।

स्थायी नियोग प्रमुखको चार वर्षे कार्यकाल सकेर एक महिना अगावै स्वदेश फर्केपनि राईले मन्त्रालयमा जिम्मेवारी प्राप्त गर्न सकेका थिएनन्।

राजदूत नियुक्तिमा ढिलाईका कारण कुनै महाशाखा खालि नहुँदा यस्तो स्थिति सिर्जना भएको थियो।

त्यसो त, राजदूतको जिम्मेवारी सम्हालेर मन्त्रालय फर्केका र हालसालै बढुवा भएका अन्य सहसचिवहरुले पनि मन्त्रालयमा जिम्मेवारी पाउन सकेका छैनन्। यसरी जिम्मेवारी नपाएकाहरुमा कृष्णप्रसाद ढकाल, भृगु ढुङ्गाना, गणेश ढकाल छन्।

यसैगरी हालसालै बढुवा भएका सहसचिवहरु शरदराज आरण, सुरेन्द्र थापा र लक्ष्मण खनालको जिम्मेवारीपनि तोकिएको छैन।

प्रकाशित मिति : आईतवार, २१ श्रावण २०८० २२:०७
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ