Logo

थुलुङ दुधकोशीमा ‘मेरो कित्ता अनलाईन प्रणाली सेवा’ सुरु


सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकाले ‘मेरो कित्ता अनलाईन प्रणाली सेवा’ सुरु गरेको छ । सेवा सञ्चालनका लागि नापी कार्यालय सोलुखुम्बुका प्रमुख प्रमोद गरागाईंले आवश्यक यूजर र पासवर्ड गाउँपालिका अध्यक्ष असिम राईलाई हस्तान्तरण गरेका छन् ।

योसँगै जिल्लाका ८ स्थानीय तहमध्ये सेवा प्रवाह गर्ने थुलुङ दुधकोशी गाउँपालिका पहिलो स्थानीय तह बनेको छ ।

अबदेखि नापी कार्यालयबाट प्राप्त गरिने नक्सा प्रिन्ट, फिल्ड बूक उतार, प्लट रजिष्टर प्रिन्टलगायतका सेवा गाउँपालिकाबाटै प्राप्त हुनेछ ।

यसअघि नक्सा प्रिन्ट गर्नकै लागि पनि नापी कार्यालय सदरमुकाम सल्लेरी नै पुग्नुपर्ने बाध्यता सेवाग्राहीलाई थियो । तर, अबदेखि थुलुङ दुधकोशी गाउँपालिकाको कार्यालय, मुक्लीबाटै यी सेवाहरू प्राप्त गर्न सकिने गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए ।

यूजर पासवर्ड ग्रहण गर्दै गाउँपालिका अध्यक्ष राईले नागरिकलाई सहजरूपमा सेवा प्रवाहको लागि गाउँपालिकाले अथक प्रयास गरिरहेको बताए । “पालिकाका नागरिकलाई सहज ढङ्गले सेवा उपलब्ध गराउने सवालमा सबै पक्षसँग समन्वय गरी काम गरिरहेका छौँ,” उनले भने, “यसमा हाम्रो कुनै सम्झौता रहँदैन ।”

अध्यक्ष राईले गाउँपालिकाबाटे सेवा सुरु भएपछि एकसय राजश्व तिरेर प्राप्त हुने नक्सा प्रिन्टको लागि हजारौं खर्च गर्नुपर्ने बाध्यताको अन्त्य भएको बताए ।

सदरमुकाम पुगेर मात्रै प्राप्त गरिने सेवा गाउँपालिकाबाटै पाइने भएपछि सेवाग्राही उत्साहित भएका छन् ।

प्रकाशित मिति : मंगलवार, २७ चैत्र २०८० १८:०२
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ