विविध कार्यक्रमसहित ऐतिहासिक प्रथम पीके चौरी महोत्सव हुँदै
काठमाडौं – सोलुखुम्बुमा ऐतिहासिक प्रथम पीके चौरी महोत्सव आयोजना हुने भएको छ । याक तथा चौरी व्यवसायी संघले यही बैशाख ४ देखि ६ गतेसम्म जिल्लाको लिखुपिके गाउँपालिका– १ पर्यटकीय क्षेत्र पिके बेस क्याम्पमा सो महोत्सव आयोजना गर्न लागेको हो ।
चौरी कृषकलाई सम्मान ‘प्रोजेक्स द याक, सेभ दल हिमालय’ चौरी र जलवायु सम्बन्धी अन्तरक्रिया, पिकेमा पर्यटन प्रवद्र्धनको लागि डकुमेन्ट्री निर्माण, याक तथा चौरी व्यवसायी संघको बेइबसाइट सञ्चालन, याक तथा चौरी प्रदर्शनी, याक डान्ससहित विविध साँस्कृतिक कार्यक्रम महोत्सवका आकर्षण रहने छ ।
चौरीपालन हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायको पुख्र्यौली पेशा हो । तर, केही दशकयता युवा पुस्ताको विदेश मोह बढ्दै गएपछि चौरीपालन घट्दो क्रममा रहेको छ ।
यस क्षेत्रको पर्यटन प्रवद्र्धन र विकाससँगै आफ्नै गाउँ ठाउँमा आत्मनिर्भर बन्न सकिने उदेश्यका साथ चौरी महोत्सव आयोजना गर्न लागिएको आयोजक संस्थाले जनाएको छ ।
पिके क्षेत्रमा बसोबास् गर्ने शेर्पा समुदायले हरेक वर्ष जनैपूर्णिमाको समयमा पिकेमा ९यज्र्याङ० अर्थात् कुलपूजा गर्छन् । उनीहरूले याकलाई कुलदेवताको रूपमा पुज्ने गर्दछ । त्यसकारण पिके क्षेत्र पर्यटकीय हिसाबले मात्र नभएर धार्मिक रूपमा पनि उत्तिकै महत्वपूर्ण रहेको छ ।