Logo

अहिलेको व्यवस्थालाई नै थप व्यवस्थित गर्न सके समृद्द राष्ट्र निर्माण हुन्छ: मुख्यमन्त्री भट्ट


कैलाली । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अहिलेको व्यवस्थालाई व्यवस्थित गर्न सके समृद्घ राष्ट्र निर्माण गर्न ढिला नहुने बताएका छन् । आज सुदुरपश्चिम प्रदेश रासस धनगढीको ५९ औ वार्षिकोत्सवको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

अहिलेको व्यवस्था जस्तो अन्य कुनै व्यवस्था नरहेको भन्दे मुख्यमन्त्री भट्टले तीन तहका सरकारले हातेमालो गर्दै नयाँ सोच र उद्देश्यका साथ अगाडी बढे जनताले अपेक्षा गरेका सबै कुरा पुरा हुने दाबी गरे । भ्रष्टाचार र विकृति विसंगतिलाई अन्त गर्न प्रदेश सरकार लागिरहेको बताउँदै उनले भने, ‘हाम्रो ध्यान त्यसैमा गएको छ ।’

उनले देशको विकासका लागि स्वतन्त्र प्रेस हुन आवश्यक रहेको समेत उनले बताए । कार्यक्रममा कानुनमन्त्री प्रकाशबहादुर शाहले देश विकासको अभियान र परिवर्तनको आन्दोलनमा मिडियाले खेलेको भूमिका प्रशंसनीय हुने बताए ।

प्रकाशित मिति : बुधबार, ७ फाल्गुन २०७६ १५:३६
प्रतिक्रिया दिनुहोस्