Logo

हिमाल आरोहण व्यवस्थित गर्न खुम्बुमा पर्यटन विभागको अस्थायी कार्यालय


सोलुखुम्बु :  हिमाल आरोहण व्यवस्थित गर्न पर्यटन विभागले खुम्बु क्षेत्रमा अस्थायी कार्यालय सञ्चालनमा ल्याएको छ । सन् २०२५ को वसन्त ऋतुमा हुने पर्वतारोहण व्यवस्थित र सहजीकरणका लागि यस्तो कार्यालय सञ्चालनमा ल्याइएको हो ।

विभागका अनुसार सन् २०२५ को वसन्त ऋतुमा हुने पर्वतारोहण व्यवस्थित र सहजीकरणका लागि यस्तो कार्यालय सञ्चालनमा ल्याइएको हो ।

सर्वोच्च शिखर सगरमाथा सहित खुम्बु क्षेत्रमा हुने हिमाल आरोहण गतिविधि व्यवस्थित एवं मर्यादित बनाउन पर्वतारोहण अनुगमन तथा सहजीकरण समितिको ४ वैशाखमा बसेको बैठकको निर्णय अनुसार अस्थायी कार्यालय सञ्चालनमा ल्याइएको हो । खुम्बु क्षेत्रका सरोकारवालाको प्रतिनिधित्व हुने गरी कार्यालय सञ्चालनमा ल्याई प्रतिनिधि खटाइएको समेत विभागले जनाएको छ ।

अस्थायी फिल्ड कार्यालयमा विभागका निर्देशक हिमाल गौतम, विभागका प्रतिनिधि बमबहादुर विक र पासाङ भोटे, खुम्बु पासाङल्हामु गाउँपालिका प्रतिनिधि लाक्पानुरु शेर्पा र सगरमाथा प्रदूषण नियन्त्रण समितिका छिरिङतेन्जिङ शेर्पा छन् ।

अहिले सगरमाथा आरोहणका लागि डोरी टाँग्ने काम जारी छ । साथै, आरोही र सहयोगीहरू आधार शिविरमा पुगिरहेका छन् । सामान्यतया जेठ पहिलो साताबाट धमाधम आरोहण हुने गर्छ ।

प्रकाशित मिति : बुधबार, १७ बैशाख २०८२ ०९:४२
प्रतिक्रिया दिनुहोस्