Logo

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक


प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।
आज (बुधबार) अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटरमा बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सर्वदलीय बैठकमा भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेपछि उत्पन्न परिस्थिति, भारतको अतिक्रमण विरुद्ध जनस्तरबाट बढेको विरोध र यो समस्या समाधानका लागि सर्वपक्षीय रुपमा चाल्नुपर्ने कदमका विषयमा छलफल हुने बुझिएको छ ।

त्यस्तै हिजो एकैदिन कोरोना संक्रमितको संख्या बढेपछि लकडाउनको व्यवस्थापन तथा कोरोना भाइरस नियन्त्रणका लागि चाल्नुपर्ने कदमका विषयमा पनि बैठकमा छलफल हुनेछ ।

प्रकाशित मिति : बुधबार, ३१ बैशाख २०७७ १५:१६
प्रतिक्रिया दिनुहोस्