Logo

माप्य-खुम्बु मितेरी मोटरेवल पुलको पुनर्निर्माण तत्काल थालिने, थामे बाढिपीडितलाई पालिकाको तर्फबाट २८ लाख राहत दिईने


सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिकाले ओर्लाङघाटमा अवस्थित माप्य-खुम्बु मेतेरी मोटरेबल पुलको पुनर्निर्माण कार्य तत्काल अघि बढाउने भएको छ । गत श्रावण ३२ गते खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेबाट आएको भीषण बाढिले क्षतिग्रस्त उक्त मोटरेवल पुललाई विज्ञहरुको रिपोर्टिङअनुसार तत्काल निर्माण सुरु गर्ने आइतबार सम्पन्न गाउँ कार्यपालिका बैठकबाट निर्णय गरिएको हो ।

विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रसँग सिधा सडक सञ्जाल जोड्ने उक्त मोटरेवल बाढिका कारण धस्सिएपछि सो क्षेत्रसँगको सिधा सवारी आवतजावत अहिले पूर्ण रूपमा टुटेको छ । जसले गर्दा खुम्बु क्षेत्र घुम्न जाने पर्यटकहरुलाई सास्ती हुन थालेको छ ।

कार्यपालिका बैठकले श्रावण ३२ गते खुम्बु पासाङल्हामु गाउँपालिकाको थामे गाउँमा आएको बाढिबाट पिडित घर परिवारहरुलाई माप्य दुधकोशी गाउँपालिकाले रू. २८ लाख राहात सहयोग उपलब्ध गराउने निर्णय पनि गरेको गाउँपालिकाले जनाएको छ ।

त्यस्तै, गाउँपालिकामा स्वास्थ्य क्षेत्रलाई व्यवस्थित रुपमा सन्चालन गर्न आवश्यक महत्त्वपूर्ण निर्णय गर्नुका साथै सबै संस्थाहरुलाई निर्देशन गर्ने तथा पालिकाभित्रको सडकलाई तत्काल सरसफाई गर्नेलगायतको निर्णय गरिएको गाउँपालिका उपाध्यक्ष गौरब राईले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको अध्यक्षता सम्पन्न बैठकमा केही दिनदेखि परेको अविरल वर्षाका कारण देशको विभिन्न ठाउँमा घटेको घटना दुर्घटनाप्रति दुःख व्यक्त गर्दै यस घटनाका मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाईते तथा वेपत्ता नागरिकहरुको शिघ्र स्वास्थ्य लाभ एव उद्धारको लागि कामना गर्दै दु:खको घडिम सबै एकजुट भएर लाग्न आग्रहसमेत गरिएको छ ।

 

 

प्रकाशित मिति : आईतवार, १३ आश्विन २०८१ २१:०६
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ