Logo

कोरोना संक्रमणबाट कर्णाली प्रदेशमा थप एकको मृत्यु


कोरोना संक्रमणबाट कर्णाली प्रदेशमा थप १ जनाको मृत्यु भएको छ।

कर्णाली प्रदेश अस्पतालको आइसोलेसनमा उपचाररत दैलेखको दुल्लु नगरपालिका–३ का ३५ वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।

मंगलबार महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले कर्णाली प्रदेशमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको पुष्टि गरे।

उनी क्षयरोगका बिरामी रहेको र उपचारकै क्रममा सोमबार राति साढे ९ बजे मृत्यु भएको प्रमुख तिवारीले जानकारी दिए।

ती व्यक्तिमा यही असार ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। योसँगै कर्णाली प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ।

यस्तै कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना पुष्टि भएको महाशाखा प्रमुख तिवारीले जानकारी दिए।

पछिल्लोपटक देखिएका संक्रमितमध्ये दैलेखका १९, सुर्खेतका ५ र कालीकोटका १ जना रहेका छन्।

योसँगै कर्णाली प्रदेशमा कुल संक्रमितको संख्या १३ सय ७ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन्। योसँगै प्रदेशमा उपचारपछि निको हुनेको संख्या ५६० पुगेको छ।

प्रकाशित मिति : मंगलवार, ९ असार २०७७ १५:०७
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ