Logo

काठमाडौंलगायत घनाबस्तीमा संक्रमण बढेकाले अत्यावश्यकविना बाहिर ननिस्कनूः स्वास्थ्य मन्त्रालय


काठमाडौं उपत्यकालगायत घनाबस्तीमा कोरोनाभाइरसको संक्रमण बढ्न थालेकाले विना काम घरबाट बाहिर ननिस्किन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ।

सोमबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकाजस्ता घनाबस्ती भएका शहरमा अत्यावश्यक काम भए मात्रै घरबाट निस्कन अनुरोध गरेका हुन्।

साथै उनले घरबाट बाहिर निस्किन परेमा दुई मिटरको दूरी कायम गर्न र अनिवार्य मास्क समेत प्रयोग गर्न सुझाएका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै काठमाडौं उपत्यकामा आठ जना संक्रमित थपिएका छन् भने नेपालभर चार सय ७६ संक्रमित थपिएका छन्।

 

प्रकाशित मिति : सोमबार, १५ असार २०७७ १७:३१
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ