Logo

नेकपा स्थायी कमिटी बैठक दुई दिनका लागि स्थगित


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक दुई दिनका लागि स्थगित भएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएपछि बिहीबार दिउँसो बैठक सुरु भएको थियो । तर लगत्तै पर्सि शनिबार विहान ११ बजे बस्ने गरी बैठक स्थगित भएको एक नेताले जानकारी दिए ।

अब स्थायी कमिटी बैठकअघि शुक्रबार नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच छलफल हुने ती नेताले जानकारी दिए ।

प्रकाशित मिति : बिहीबार, १८ असार २०७७ १७:२९
प्रतिक्रिया दिनुहोस्