Logo

प्रधानमन्त्रीको राजीनामा स्वीकृत, नयाँ प्रधानमन्त्री नियुक्त नभएसम्म फिलिपले नै अन्तरिम प्रधानमन्त्रीको रूपमा काम गर्ने


फ्रान्सका प्रधानमन्त्री एडवर्ड फिलिपले राजीनामा दिएका छन्।राष्ट्रपति कार्यालय एलिसी प्यालेसका अनुसार प्रधानमन्त्री फिलिपले बुझाएको राजीनामा पत्र राष्ट्रपति इम्यानुयल म्याक्रोंले स्वीकृत गरिसकेका छन्।

उनले राजीनामाको कारण भने खुलाइएको छैन। अघिल्लो साता फ्रान्समा भएको स्थानीय चुनावमा सत्तारूढ पार्टीले पराजय भोगेको थियो। कोरोनाभाइरसको महामारीको असर र त्यसबाट सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन चुनौती म्याक्रोंसामू छ।

केही समयमै नयाँ प्रधानमन्त्री नियुक्त हुने एलिसी प्यालेसले बताएको छ। नयाँ प्रधानमन्त्री नियुक्त नभएसम्म फिलिपले नै अन्तरिम प्रधानमन्त्रीको रूपमा काम गर्ने छन्।
‘फिलिपले आज राजीनामा पत्र राष्ट्रपतिलाई दिएका छन् जुन स्वीकृत भएको छ। नयाँ सरकार नबनेसम्मका लागि उनी र अरू सरकारका सदस्यहरूले नै सम्हाल्नेछन्,’ राष्ट्रपति कार्यालयको विज्ञप्तीमा भनिएको छ।

सन् २०१७मा म्याक्रोंले राष्ट्रपतिको चुनाव जितेपछि ४९ वर्षीय फिलिप प्रधानमन्त्री भएका थिए।फ्रान्समा पाँच वर्षे कार्यकालमा राष्ट्रपतिले प्रधानमन्त्री फेर्न सक्ने चलन छ। ‍

एजेन्सी

प्रकाशित मिति : शुक्रबार, १९ असार २०७७ १६:२६
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ