Logo

राप्रपा सोलुखुम्बुका संयोजक शर्मा नेकपा प्रवेश, खाली रहेको जिल्ला कमिटी सदस्यको पदमा मनोनित


सोलुखुम्बु , १८ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सोलुखुम्बुका संयोजक दिपेन्द्र कुमार शर्माले पार्टी परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । आईतवार सुरु भएको नेकपा जिल्ला कमिटी सोलुखुम्बुको तेस्रो पूर्ण बैठकबीच शर्मालाई नेकपा जिल्ला इन्चार्ज तथा संघीय साम्सद हेमकुमार राईले अबिर माला लगाएर पार्टी प्रबेश गराउनुभएको हो ।

यसैबीच, लाक्पा ग्याल्जेन शेर्पा,सुन्दर तामाङ,प्रमिला कार्की बस्नेत, अजय राई र भुपेन्द्र कटेललाई नेकपा जिल्ला कमिटी सोलुखुम्बुको सदस्यमा मनोनित गरिएको जिल्ला सचिब कर्ज्याङ शेर्पाले जानकारी दिनुभयो ।

जिल्ला कमिटी अध्यक्ष मानबीर राईको अध्यक्षतामा जारी तेस्रो पूर्ण बैठकबाट जिल्ला कमिटी अन्तरगतका विभिन्न बिभागहरुको गठन, जिल्ला ज्येष्ठ कम्युनिस्ट मन्च,जिल्ला सल्लाहकार कमिटी , निर्बाचन क्षेत्र समन्वय कमिटी क र ख को गठन तथा पार्टीको भाबी योजना तय गर्ने पार्टीले जनाएको छ ।

प्रकाशित मिति : सोमबार, १९ आश्विन २०७७ ०७:५१
प्रतिक्रिया दिनुहोस्