संसद विघटनविरुद्ध १३ वटा रिट दायर
काठमाडौं । संसद विघटन गर्ने सरकारको कदमविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट दर्ता भएको छ । आइतबार र सोमबार अदालतमा पेश भएका १३ वटा रिट दर्ता भएको हो ।
ती रिटमाथिको पेशी बुधबारका लागि तोकिएको सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए ।
सबैजसो रिटमा संसद विघटन संसद विघटन असंवैधानिक भन्दै खारेज गर्न माग गरिएको छ ।