Logo

८२ जिल्ला इन्चार्जमध्ये ५७ जना प्रचण्ड-नेपालतिर, २२ जिल्ला इन्चार्ज ओलीतिर


नेकपाका भूगोलमा ७७ जिल्ला र जिल्ला कमिटीको हैसियतमा रहेका ५ कमिटी सक्रिय छन्। ती जिल्लामा केन्द्रीय सदस्यलाई जिल्ला इन्चार्ज तोकिएको छ। जसले जिल्ला र केन्द्रको नेतृत्वबीच सेतुको काम गर्छन्।नेकपामा दुई समूह विभाजन भएसँगै जिल्ला इन्चार्ज पनि बाँडिएका छन् र तीमध्ये अहिले धेरैजसो इन्चार्ज जिल्लाको गतिविधिमा संलग्न छन्। ८२ जिल्ला इन्चार्जमध्ये ५७ जना प्रचण्ड-नेपाल पक्षमा छन् भने २२ जिल्ला  इन्चार्ज ओली समूहतर्फ खुलेका छन्।

प्रदेश १
प्रदेश १ का १४ जिल्ला र जिल्ला कमिटीको हैसियतको महानगर कमिटी छन्। १५ जना इन्चार्जमध्ये प्रचण्ड नेपाल-पक्षमा १४ जना देखिएका छन भने ओलीतर्फ एक जना मात्रै देखिएका छन्। खोटाङका इञ्चार्ज विशाल भट्टराई मात्र ओली समूहमा लागेका हुन्। त्यसैगरी जिल्ला इन्चार्जमा पनि प्रचण्ड-नेपाल समूहको वर्चश्व देखिएको छ ।

प्रचण्ड-नेपाल समूह (१४)
ताप्लेजुङ : भाष्कर काफ्ले
पाँचथर : इन्द्र आङ्बो
इलाम : धिरेन शर्मा
झापा : रविन कोइराला
मोरङ : घनेन्द्र बस्नेत
सुनसरी : धर्म निरौला
धनकुटा : हेमराज भण्डारी
तेह्रथुम : जयन्ती राई
भोजपुर : सुदन किराँती
संखुवासभा : राजेन्द्रकुमार राई
सोलुखुम्बु : हेमकुमार राई
ओखलढुगा : यज्ञराज सुनुवार
उदयपुर : बलदेव चौधरी
विराटनगर महानगर : शिवनारायण मण्डल

ओली समूह (१)
खोटाङ : विशाल भट्टराई

प्रदेश २
प्रदेश नम्बर २ को जिल्ला कमिटीको पदाधिकारीमा जस्तै जिल्ला इन्चार्जहरुमा पनि प्रचण्ड नेपाल समूहको बर्चश्व देखिएको छ । नौ वटा जिल्ला कमिटी मध्ये ७ वटा जिल्ला इन्चार्जले प्रचण्ड नेपाल पक्षलाई साथ दिएका छन् भने २ जना ओलीतर्फ छन्।

प्रचण्ड-नेपाल समूह (७)
सप्तरी : रामप्रित पासवान
धनुषा : जोगबहादुर बर्बरिया यादव
महोत्तरी : राजु खड्का
सर्लाही : डाचाराज वाग्ले
रौतहट : युवराज भट्टराई
पर्सा : नागेन्द्र चौधरी
वीरगन्ज महागरपालिका : दिनेश राई

ओली समूह (२)
सिराहा : लीलानाथ श्रेष्ठ
बारा : वलवीरप्रसाद चौधरी

बाग्मती प्रदेश
बागमतीमा ३ महानगर कमिटीसहित १६ वटा जिल्ला इन्चार्ज छन्। जसमा जसमा प्रचण्ड-नेपाल पक्षमा १४ जना र ओलीतर्फ १ जना छन्। एक जिल्ला कमिटीको इन्चार्ज खाली छ।

प्रचण्ड-नेपाल समूह (१४)
चितवन : कृष्ण खनाल
मकवानपुर : विरोध खतिवडा
धादिङ : शालिकराम जमकट्टेल
रसुवा : विमला सुवेदी
सिन्धुपाल्चोक : कृष्ण सापकोटा
दोलखा : देवी खड्का
रामेछाप : देवशंकर पौडेल
सिन्धुली : विषमलाल अधिकारी
भक्तपुर : दीलिपकुमार प्रजापति
ललितपुर : हरि दाहाल
काठमाडौं : सावित्री भुसाल
भरतपुर महानगरपालिका : रेणु दाहाल
ललितपुर महानगरपालिका : सुशीला नेपाल
काठमाडौं महानगरपालिका : जीवनराम श्रेष्ठ

ओली समूह (२)
काभ्रे : गोकुल बाँस्कोटा

खाली (१)
नुवाकोट : खाली

गण्डकी प्रदेश
गण्डकी प्रदेशमा प्रचण्ड नेपार ओली पक्ष बराबर इन्चार्ज रहेका छन्। दुवै पक्षमा ६-६ जना इन्चार्ज देखिएका छन्।

प्रचण्ड-नेपाल समूह (६)
गोरखा : कृष्णप्रसाद धिताल
तनहुँ : हरिबहादुर चुमन
कास्की : राजकाजी गुरुङ
पर्वत : गुप्तबहादुर ठकुरी
बाग्लुङ : वलवती शर्मा
मुस्ताङ : श्रीमाया थकाली

ओली समूह (६)
लमजुङ : मायानाथ अधिकारी
स्याङ्जा : पद्मा अर्याल
मनाङ : रामशरण बस्नेत
म्याग्दी : भूपेन्द्र थापा
नवपरासी पूर्व : तिलक महत
पोखरा महानगरपालिका : मानबहादुर जिसी

लुम्बिनी प्रदेश
लुम्बिनीमा १२ वटा जिल्ला कमिटीका इन्चार्ज मध्य एक जना तटस्थ देखिएका छन्। ६ जिल्ला कमिटीका इन्चार्ज प्रचण्ड-नेपाल समूहमा छन भने ५ जनाले ओलीलाई साथ दिएका छन् ।

प्रचण्ड–नेपाल समूह (६)
कपिलवस्तु : गिरिधारीलाल न्यौपाने
पाल्पा : सोमप्रसाद पाण्डेय
गुल्मी : दिनेश पन्थी
प्युठान : कृष्णध्वज खड्का
दाङ : जीवन गौतम
रोल्पा : दीपेन्द्र पुन

ओली समूह (५)
नवलपरासी पश्चिम : वैजनाथ चौधरी
रुपन्देही : लिला गिरी
अर्घाखाँची : नजिर मियाँ
रुकुम पूर्व : खेममान खड्का
बाँके : दिनेश यादव

तटस्थ (१)
बर्दिया : लक्ष्मण ज्ञवाली

कर्णाली प्रदेश
कर्णाली प्रदेशका जिल्ला इन्चार्जमा प्रचण्ड-नेपाल समूहकाे संख्या बढी छ। जसमा ६ जना प्रचण्ड-नेपाल समूहमा छन भने ४ जना मात्र ओलीतर्फ।

प्रचण्ड-नेपाल समूह (६)
सुर्खेत : नरबहादुर विष्ट
कालिकोट : महेन्द्रबहादुर शाही
जुम्ला : गजेन्द्रबहादुर महत
हुम्ला : विजय भण्डारी
सल्यान : टेकबहादुर बस्नेत
रुकुम पश्चिम : राजकुमार शर्मा

ओली समूह (४)
दैलेख : लक्ष्मीप्रसाद पोखरेल
जाजरकोट : भैरवसुन्दर श्रेष्ठ
मुगु : मोहन बानियाँ
डोल्पा : हंशबहादुर शाही

सुदूरपश्चिम प्रदेश
सुदुर पश्चिममा भने दुवै पक्षको संख्या बराबरी छ। लामो समयदेखि ओली निकट रहेका एक जिल्ला इन्चार्ज कतै नखुलेपछि दुवैतर्फ इन्चार्जको संख्या बराबरी भएको हो।

प्रचण्ड-नेपाल समूह (४)
बैतडी : नरेन्द्रप्रसाद कुँवर
डडेलधुरा : खगराज भट्ट
कैलाली : रुपा चौधरी
अछाम : तारामान स्वाँर

ओली समूह (४)
दार्चुला : गणेश ठगुन्ना
डोटी : प्रेम आले
बाजुरा : लालबहादुर थापा
बझाङ : भैरवबहादुर सिंह

तटस्थ (१)
कञ्चनपुर : विक्रम शाही

प्रकाशित मिति : मंगलवार, २१ पुष २०७७ १८:११
प्रतिक्रिया दिनुहोस्