Logo

सोलुखुम्बुमा नेकपा प्रचण्ड–नेपाल पक्षले प्रशासनलाई बुझायो विरोध पत्र


सोलुखुम्बु : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल पक्षले जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा विरोध पत्र बुझाएको छ । नेकपा सोलुखुम्बुका जिल्ला सदस्य हिमाल गिरी र ङिमा तेन्डुप शेर्पाको नेतृत्वमा शुक्रबार प्रधानमन्त्री ओलिको असंबैधानिक तथा अलोकतान्त्रिक कदम प्रती सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाहि समक्ष बिरोध पत्र बुझाएको हो ।

प्र.जि.अ. शाहीलाई बुझाइएको पत्रमा ओलीले नेपालको संविधानको ठाडो उलङ्घन गरी स्वेच्छाचारी ढंगबाट प्रतिनिधिसभा विघटन गर्ने प्रतिगामी कदम चालेकाले त्यसमाथि तिब्र आपत्ती प्रकट गर्दै घोर विरोध एव् भत्र्सना गर्दछौँ भनिएकोे छ ।

यस्तै, ठुलो बलिदान र संघर्षबाट प्राप्त गरिएको ऐतिहाँसिक राजनितिक परिवर्तन, संघिय लोकतान्त्रिक गणतन्त्र तथा नेपालको संविधानको रक्षा गर्न बर्तमान असंबैधानिक कदम तथा सबै प्रकारका प्रतिगामी षड्यनत्रलाई सफल पार्न जस्तोसुकै संघर्ष गर्न नेपाली जनता तयार रहेको पत्रमा उल्लेख गरिएको छ ।

विरोध पत्र हस्तान्तरणका क्रममा प्रचण्ड–माधव पक्षधर पार्टी सचिवालय सदस्य, जिल्ला कमिटी सदस्य एवम् नगर कमिटी सदस्यहरुको उपस्थिति रहेको राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सदस्य रस्बिन मगरले सोलु एफ.एमलाई जानकारी दिनुभयो ।

प्रकाशित मिति : शुक्रबार, २४ पुष २०७७ १८:१३
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ