Logo

निर्मल पुर्जालाई पर्वतारोहण संघको सदभावना दूतमा मनोनित


हिउँदे याममा विश्वको दोस्रो ठूलो शिखर केटु हिमाल आरोहण गरेकी कीर्तिमान बनाएका नेपाली टोलीका नेतृत्वकर्ता निर्मल पुर्जालाई नेपाल पर्वतारोहण संघले सदभावनादूतमा मनोनयन गरेको छ।

संघले सन् २०२१ भरिका लागि आरोही पुर्जालाई सदभावना दूत नियुक्त गरेको हो। उनले यो एक वर्षको अवधिमा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालका हिमालका साथै नेपाल पर्वतारोहण संघको प्रचारप्रसार गर्नेछन्।

विश्वमै सबैभन्दा कम समय ६ महिना ६ दिनमा संसारका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालको सफल आरोहण गरी किर्तिमान बनाएका पूर्जालाई १ लाख रुपैंया नगद पुरस्कारसमेत प्रदान गरिएको थियो।

यसबिच संघले केटु आरोहण टोलीका १० जना नेपाली आरोहीलाई नेपाल पर्वतारोहण संघको १० वर्षको सदस्यता नविकरण शुल्क  मिनाहा गर्ने निर्णय गरेको छ।

केटु आरोही निर्मल पुर्जासँगै मिङ्मा डेभिड शेर्पा, पेमछिरी शेर्पा,गेल्चिन शेर्पा ,पेम छिरी शेर्पा, दावातेम्बा शेर्पा, मिङमा जी, दावा तेन्जिन शेर्पा, किलु पेम्बा शेर्पा र सोना शेर्पा छन।

संघकी उपाध्यक्ष एंव सगरमाथा आरोही संघकी अध्यक्ष माया शेर्पाको अध्यक्षतामा गठित समितिको शुझाव अनुसार शुल्क मिनाहा गरिएको थियो।

यसैबिच कार्यक्रममा आरोही निर्मल पुर्जाले आफूले प्राप्त गरेको १ लाख रूपैंया पुरस्कार कुनै नौलो योजनाका साथ हिमाल आरोहण गर्न जाने नेपाली आरोहीलाई प्रदान गर्ने घोषणा गरे।

उनले नेपाल पर्वतारोहण संघ आफ्नो घरजस्तै भएकोले यसको प्रचारप्रसारमा आफू सकृय रहने प्रतिबध्दता ब्यक्त गरे।

प्रकाशित मिति : मंगलवार, २७ माघ २०७७ १०:०६
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ