Logo

नेकपा सोलुखुम्बुको प्रशिक्षण भेला काठमाडौंमा भव्य रुपमा सम्पन्न, प्रचण्ड र नेपालद्धारा सम्बोधन (फोटो फिचरसहित)


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सोलुखुम्बुको प्रशिक्षण भेला कार्यक्रम सम्पन्न भएको छ । नेकपा प्रतिगमन विरुद्धको संघर्ष समिति, सोलुखुम्बु र सोलु काठमाडौं सम्पर्क मञ्च संघर्ष परिचालन समितिको संयुक्त आयोजनामा विहिबार काठमाडौंको सुकेधारामा अवस्थित नवदुर्गा पार्टी प्यालेसमा सम्पन्न उक्त प्रशिक्षण भेला कार्यक्रमलाई नेकपा अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले सम्बोधन गर्नुभयो ।

नेकपा स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर १ का ईन्चार्ज भीम आचार्य, केन्द्रीय सदस्य तथा सह ईन्चार्ज साववित्री कुमार काफ्ले, केन्द्रीय सदस्य तथा सोलुखुम्बु जिल्ला ईन्चार्ज हेमकुमार राई (सुरबीर), केन्द्रीय सदस्य रामचन्द्र झा, शिब कुमार मण्डल, राजेन्द्र बस्नेतलगायतको आतिथ्यता रहेको थियो ।
नेकपा सोलुखुम्बु जिल्लाको प्रतिगमन विरुद्ध संघर्ष समिति संयोजक आङ ङिमा लामाको सभापतित्व तथा पार्टी जिल्ला सचिव गोम्बु शेर्पा (कज्र्याङ)को उद्घोषणमा सम्पन्न उक्त कार्यक्रममा सोलुखुम्बुका सयौं नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अध्यक्षद्धय प्रचण्ड र नेपालले केपी ओलीको प्रतिगामी कदम र प्रबृत्ति नसच्चिएसम्म जनसंघर्ष जारी रहने भन्दै त्यसनिम्ति नेपाली जनता हरेक तवरबाट तयार रहेको बताउनुभएको थियो ।

कार्यक्रमका बक्ताहरुले मुलुकको सार्वभौम सम्पन्न जनताबाट निर्मित संविधान र पार्टीको विधानभन्दा पनि आफु माथि भएको सपना देख्नेहरुको दिन गन्ति सुरु भएको बताए ।

प्रकाशित मिति : बिहीबार, २९ माघ २०७७ २३:०५
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ