Logo

रवि लामिछानेले ल्याए ‘ग्यालेक्सी फोर के टेलिभिजन’


सञ्चारकर्मी रवि लामिछानेले नयाँ च्यानल ‘ग्यालेक्सी फोर के टेलिभिजन’ ल्याउने घोषणा गरेका छन्।

मंगलरबा होटल म्यारिअटमा पत्रकार सम्मेलन गर्दै लामिछानेले ‘ग्यालेक्सी फोरके’ टेलिभिजनको शुभारम्भ घोषणा गरेका हुन्।

हालै न्युज २४ बाट बाहिरिएका लामिछानेले त्यसलगत्तै नयाँ टेलिभजिन ल्याउने जानकारी दिएका थिए। न्युज २४ मा उनको ‘सिधाकुरा जनतासँग’ कार्यक्रम निकै चर्चित बनेको थियो। लामिछानेले नयाँ टेलिभिजनमा ‘सिधाकुरा’ कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए।

त्यस्तै टेलिभिजनमा विजयकुमार, राजेश हमाल, दीपकराज गिरी, रमेश प्रसाईं, महावीर पुन लगायतले पनि कार्यक्रम सञ्चालन गर्ने जानकारी दिइयो।

टेलिभिजनको अध्यक्षमा डीबी राई, उपाध्यक्ष छविलाल बञ्जाडे र प्रबन्ध निर्देशकमा लामिछाने रहेका छन्।

 

प्रकाशित मिति : मंगलवार, ११ फाल्गुन २०७७ १६:००
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ