Logo

गोपाल किराँतीले चैत ९ गतेभित्र पार्टीको नयाँ नाम र चुनाव चिन्ह रोजेर निर्वाचन आयोगमा बुझाउने


सर्वोच्च अदालतको फैसलाले पार्टीको नाम र चुनाव चिन्ह गुमाउनुपर्ने अवस्थामा पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँतीले चैत ९ गतेभित्र पार्टीको नयाँ नाम र चुनाव चिन्ह रोजेर निर्वाचन आयोगमा बुझाउने भएका छन् । अस्ति बिहान प्रमुख आयुक्त दिनेश थपलियालाई भेट्न उनीसँगै नाम र चुनाव चिन्ह खोसिएको पार्टीका महासचिव राजन तिम्सिना र सचिव आलोक रायमाझीको टोली बहादुर भवन पुगेको थियो ।

विद्यमान कानुनबमोजिम दर्ता भएको पार्टीलाई सर्वोच्च अदालतको फैसलाले उल्टाइदिएपछि किराँतीले अदालत र निर्वाचन आयोगको उक्त निर्णयलाई ‘सफेद अन्याय’ भनेका छन् । रायमाझीले आफूहरुले एक पटकको लागि राज्यको अन्याय सहने तर,अदालतको उक्त फैसला र आयोगको निर्णयलाई सफेद अन्याय भन्न नछाड्ने मौखिक व्यहोरा आयोगलाई अवगत गराएको बताएका छन् ।

अब तपाईंहरु अदालतमा पुनरावलोकनको लागि जानुहुन्छ ? भनेर सोधिएको जिज्ञाशामा उनले भने ‘पुनरावलोकनमा गए पनि न्याय पाइने ग्यारेण्टी नभएकाले त्यसबारे सोचेका छैनौं ।’ रायमाझीले अगाडि भने ‘ऋषि कट्टेलको माया गरेर मुद्दा जिताइएको होइन,राजनीतिक खेलमा उनलाई जिताएर पासा उल्टाइएको मात्र हो ।’

आयोग स्रोतका अनुसार उहाँ (किराँती) हरुलाई नयाँ नाम र चिन्ह रोज्नको लागि दर्ता भएका सवा सय पार्टीको नाम र चुनाव चिन्ह दिएर पठाइएको छ । स्रोत भन्छ ‘सम्भवतः आगामी साता कसैसँग नजुध्ने गरी अर्को नाम र चिन्ह रोजेर ल्याउनुहुन्छ होला ।’

उता,नेकपा एमाले दर्ता गराएको सन्ध्या तिवारी समूहले पनि आयोगमा अस्ति सम्पर्क राखेको थियो । उनीहरुले पनि दलको नाम फेर्न अनुरोध गरिएको चिठी बुझेर जवाफ समेत दिइसकेका छन् । तिवारीको दलको नाम मात्र फेरे पुग्ने भएकाले निवेदन दिइएकाे छ । चुनाव चिन्ह उदाउँदो सूर्य भने कायम रहने छ ।

 

प्रकाशित मिति : मंगलवार, ३ चैत्र २०७७ ११:२०
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ