Logo

चलचित्र ‘सम्हालिन्छ कहिले मन’ आगामी बर्षको भदौ १८ मा रिलिज हुने


काठमाडौ / एबी इन्टरनेशनल व्यानरमा निर्माण भएको चलचित्र‘सम्हालिन्छ कहिले मन’को रिलिज मिति सार्वजनिक गरिएको छ। छायांकन सकिए संगै निर्माण कम्पनीले २०७८ भदौ १८ गते तिजको अवसर पारेर चलचित्र प्रदर्शन गर्ने भएको छ।

पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देन अभिनित चलचित्र ‘सम्हालिन्छ कहिले मन’निर्माणको लामो समयसम्म कोरोना भाइरसका कारण रिलिज हुन नसकेको सिनेमा २०७८ भदौ १८ मा कन्फर्म रिलिज हुने अजित कुमार थापा जानकारी दिएका छन्।

सुदर्शन थापाको निर्देशनमा बनेको सिनेमामा पूजा, आकाश र सोनमसँगै सरोज खनाल, गौरी मल्ल, धिरेन शाक्यलगायतका कलाकारहरुको अभिनय रहेको छ। लण्डन, स्कटल्याण्ड र वेल्स,दुबई लगाएत ठाँउमा छायांकन गरिएको यो चलचित्रमा त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको छ ।

निर्मातामा अजितकुमारसँगै अमित बस्नेत छन् । अंकित गौतम र सनिष खकुरेल कार्यकारी निर्माता रहेको सिनेमामा परि राना सह-निर्माता छन् । सिनेमामा महेश दवाडीको कथा, अर्जुन पोखरेल, सुगम पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी छ ।

यस चलचित्रको निर्माण बैनर एबी इन्टरनेशनल हो जो केही बर्ष अगाडि पासवर्ड नामक चलचित्र निर्माण गरेको थियो। नेपाली सिनेमा बजारमा छुट्टै पहिचान बनाएको छ। यस कम्पनीले चलचित्रको गुणस्तर र कथाबस्तु छनोट देखि कलाकार छनोट अरु भन्दा पृथक छ। चलचित्र समालिन्छ कहिले मन नेपाली सिनेमा इतिहासमा अहिलेसम्म कै महँगो र फरक चलचित्र भएको निर्माण पक्ष बताउँछन् ।

प्रकाशित मिति : बुधबार, ४ चैत्र २०७७ १८:५५
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ