Logo

खनाल-नेपाल समूहको किसान महासंघको भेलालाई वामदेव गौतमको सम्बोधन


काठमाडौँ — काठमाडौं–नेकपा एमाले वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल समूहले समानान्तर गतिविधि सुरु गरेको छ । बिहीबारमात्रै दुई दिने राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न गरेको खनाल–नेपाल समूहले देशैभर संगठनात्मक गतिविधि सञ्चालन गर्ने प्रस्ताव पारित गरेको थियो ।

यो समूहले शुक्रबार अखिल नेपाल महिला संघको राष्ट्रिय भेला र अखिल नेपाल किसान महासंघको भेला काठमाडौंमा गरेको छ । महिला संघको भेलालाई खनाल–नेपाल र किसान महासंघको भेलालाई एमाले उपाध्यक्ष बामदेव गौतमले सम्बोधन गरेका छन् । गौतम किसान महासंघको अध्यक्ष पनि हुन् ।

एकता अभियान चलाएका गौतम यस अघि दुवैतर्फका भेलामा सहभागी थिएनन् । खनाल–नेपाल समूहले शनिबार युवा संघको भेला बोलाएको छ । त्यसपछि विद्यार्थीको पनि भेला बोलाएको केन्द्रीय सदस्य विष्णु रिजाले जानकारी दिए । केही दिन अघि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले पनि महिलाको भेला गरेको थियो ।

प्रकाशित मिति : शुक्रबार, ६ चैत्र २०७७ १३:३०
प्रतिक्रिया दिनुहोस्