Logo

गाउँटोल पुग्ने १५ दिने अभियान सञ्चालन गर्ने निर्णय गर्दै माओवादी केन्द्र सोलुखुम्बुको दुई दिने बैठक सम्पन्न


सोलुखुम्बु । यही २०७७ चैत्र मसान्तभित्र सोलुखुम्बु जिल्लाको ५२ वटै वडा र टोल तथा जनवर्गीय संगठनहरुको बैठक, भेला, प्रशिक्षण कार्यक्रम गर्नेलगायतको निर्णय गर्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सोलुखुम्बु जिल्ला समितिको दुई दिने बैठक सम्पन्न भएको छ । सर्वोच्च अदालतको फैसलापछि पूर्ववत अवस्थामा फर्किएपछि पार्टीको जिल्ला समिति बैठक चैत्र १० र ११ गते दुई दिनसम्म आयोजना गरिएको हो ।

जिल्लाको ८ वटा स्थानीय तहमा प्रशिक्षणात्मक कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्नको लागि ८ वटै नेतृत्व समुह गठन गरिएको पार्टीका जिल्ला अध्यक्ष गोम्बु शेर्पा ९कज्र्याङ०ले जानकारी दिनुभयो। सोअनुसार खुम्ब पासाङल्हामु गाउँपालिकाको लागि केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज हेमकुमार राई (सुरबीर)को नेतृत्वमा नामगेल शेर्पा, विजय तामाङ र दिपक भुजेललगायत रहेको समुह बनाइएको छ । त्यस्तै सोताङ गाउँपालिकाका लागि पार्टीका प्रदेश कमिटी सदस्य तथा जिल्ला अध्यक्ष गोम्बु शेर्पा (कज्र्याङ)को नेतृत्वमा मदन राई, धनबहादुर विक, दिपक खड्का, सैमान राई, ईन्द्र कुमार राई र दुर्गा प्रसाद राई सदस्य रहेको समुह बनाइएको छ भने थुलुङ दुधकोशी गाउँपालिकाको लागि पार्टी केन्द्रीय सल्लाहकार सदस्य तथा जिल्ला समन्वय समितिका उपप्रमुख धर्मराज बनको नेतृत्वमा दिलबहादुर नेपाली (घनश्याम), असिम राई, राम संघर्ष किराती, रामकिरण राई, ललित बहादुर राई, सुमन राई, मणि तामाङ, उत्तर कुबीर राई, भूपालसिं राई, बुद्धिराज राई, तिलक राई, फुलमाया परियार, टेकबहादुर बस्नेत, चुढा केसी सदस्य रहेको समुह गठन गरिएको छ ।

त्यसैगरी महाकुलुङ गाउँपालिकाको लागि पार्टी प्रदेश समिति सदस्य तथा गाउँपालिका अध्यक्ष सागर किरातीको नेतृत्वमा संकल्प किराती, अमृता राई, जय कुवेर राई र किशोर कुलुङ सदस्य रहेको समुह गठन गरिएको छ भने नेचासल्यान गाउँपालिकाको लागि पाटी प्रदेश समिति सदस्य ठमनाथ पराजुली (धु्रब)को नेतृत्वमा महेन्द्र बहादुर राई (महेश), रामेश्वरसिं कार्की, लक्ष्मी प्रसाद बास्तोला, विनोद राउत, केशर राई, प्रज्वल राई, सिताराम भट्टराई, डिल्ली घिमिरे, सविना राई, अर्जुन बस्नेत, सुवास राई, ललित ढुंगेल, रोहत बास्तोला, भुपेन्द्र कट्टेल सदस्य रहेको समुह गठन गरिएको छ ।

लिखुपिके गाउँपालिकाको लागि प्रदेश समिति सदस्य करुणा बस्नेतको संयोजकत्वमा शंकर बस्नेत, डम्बर बहादुर बस्नेत, गणेश बस्नेत, फुरे तामाङ, प्रमिला बस्नेत र हरिबहादुर बस्नेत (जनक) सदस्य रहेको समुह गठन गरिएको छ भने माप्य दुधकोशी गाउँपालिकाको लागि पार्टी जिल्ला कार्यालय सदस्य हिमाल गिरीको नेतृत्वमा गौरब राई, गणेश कुमार राई, रमेश राई, प्रकाश खालिङ, सज्जन राई, भक्त राई, अजय किराती, विशेष राई सदस्य रहेको समुह गठन गरिएको छ ।

त्यस्तै सोलु दुधकुण्ड नगरपालिकाको लागि पार्टी जिल्ला कार्यालय सदस्य ङिमातेण्डुप शेर्पाको नेतृत्वमा रिमा कुलुङ, आङकाण्डु शेर्पा, दिब्य खालिङ, दावातेञ्जी लामा, पिके शेर्पा, ल्हाक्पा तामाङ, सुनिता किराती, मेनुका पुरी गिरी, धनराज तामाङ, ज्ञानबहादुर राई, जसबहादुर राई (जेबी), दिपक श्रेष्ठ (रक्की), रञ्जना राई सदस्य रहेको समुह घोषणा गरिएको छ ।

सोही अभियानअन्तर्गत नै पार्टीको सबै तहको कार्यालय स्थापना गरेर बोर्ड राख्ने निर्णय पनि गरिएको छ ।

पार्टीअन्तर्गत महिला संगठनको समन्वय गर्ने जिम्मेवारी प्रदेश समिति सदस्य करुणा बस्नेत, कानुन, न्याय तथा मजदुर मामिला हेर्ने जिम्मेवारी जिल्ला पार्टी कार्यालय सदस्य हिमाल गिरी र प्रेस संगठन नेपाल जिल्ला समितिको संगठनसँगै नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनसमेतको संयोजन गर्ने जिम्मेवारी जिल्ला समिति सदस्य तथा प्रचार विभाग प्रमुख प्रकाश खालिङलाई दिने निर्णय गरिएको छ ।

यसैबीच, बैठकले खाली रहेको खुम्बु पासाङल्हामु गाउँपालिकाको संयोजक पदमा अर्को निर्णय नभएसम्मका लागि दिपक भुजेललाई मनोनित गर्ने निर्णय पनि गरेको छ भने जिल्ला पार्टी कार्यालय सचिवको जिम्मेवारी गणेश कुमार राईलाई दिने निर्णय गरेको छ । जिल्ला समितिको तर्फबाट सोलु काठमाडौं सम्पर्क मञ्चसँग समन्वय गर्ने जिम्मेवारी जिल्ला सचिवालय सदस्य संकल्प किरातीकलाई दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : बुधबार, ११ चैत्र २०७७ १८:०७
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ