Logo

सोलुमा थपियो अर्को क्लबः नाम्गेल शेर्पाको अध्यक्षतामा स्टार यूथ क्लब घोषणा


सोलुखुम्बु – सोलुखुम्बुमा नाम्गेल शेर्पाको अध्यक्षतामा स्टार युथ क्लब (एसवाईसी) नामक नयाँ संस्था स्थापना गरिएको छ । जिल्लाभित्रको सम्भावनाहरुलाई उजागर गर्दै यूवा सशक्तिकरणको लागि विविध क्षेत्रमा काम गर्ने उद्देश्यका साथ स्थापित संस्थाको बुधबार सल्लेरीमा पत्रकार सम्मेलन गरेर औपचारिक घोषणा गरिएको हो ।

हामी अघि बढ्न चाहान्छौं भन्ने नाराका साथ स्थापित उक्त क्लब जिल्ला प्रशासन कार्यलयमा दर्ता गरिएको छ । ५१ सदस्यीय कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा माया शेर्पा, प्रथम उपाध्यक्षमा भक्त राई, द्धितीय उपाध्यक्षमा रमेश राई, तृतीय उपाध्यक्ष गीता गुरुङ, महासचिवमा सुन्दर तामाङ, सचिवमा गौरब राई, सहसचिवमा दुर्गाप्रसाद राई, कोषाध्यक्षमा सुजता तामाङ रहेका छन् ।

त्यस्तै सदस्यहरुमा दिपक भुजेल, धनकुमार तामाङ, तिलक श्रेष्ठ, ङवाङथोमे शेर्पा, प्रकाश राई, छिरिङ तामाङ, विशेष राई, गणेश कुमार राई, सज्जन राई, अम्बिका राई, भुपाल रेग्मी मगर, अजय राई, सार्जन राई, टेकमान तामाङ, विमल राई, दिप किराती, अम्बिरकाजी कुलुङ, देउता बस्नेत, रेनुका बस्नेत, केशव थापा, मनराज राई, सुजन राई, भुपेन्द्र कट्टेल, प्रविन राई, तिलक राई, लिला राई, सरिता राई, भीमकुमारी राजभण्डारी, किशोर कटुवाल, अनिता तामाङ, पेम्बा शेर्पा, रस्बीन मगर, टेक रसाईली, हेमन्त गुरुङ, दिलबहादुर नेपाली, भोजराज कार्की, युजन बस्नेत, पञ्चबहादुर राई, दिपक किराती, दिनेश कार्की, टिका राई र ललित राई रहेका छन् ।

क्लबका अध्यक्ष शेर्पाकाअनुसार क्लबको संरक्षकको रुपमा थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राई रहनुभएको छ भने जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हेमकमार राई (सुरवीर)को संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समितिसमेत गठन गरिएको छ । त्यस्तै सोलुखुम्बु जिल्लास्थित आठ वटै स्थानीय तहको संयोजक तोक्ने काम गरिएको पनि शेर्पाले जानकारी दिए ।

क्लबले आगामी २०७८ साल बैसाख १५ गतेदेखि जिल्लामा महिला तथा पुरुष भलिबल प्रतियोगीता संचालन गर्ने प्रारम्भिक घोषणासमेत गरेको छ ।

प्रकाशित मिति : बुधबार, ११ चैत्र २०७७ २२:२५
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ