Logo

मदनकृष्णसामु बियोन्सेले जब आँसु खसालिन्…


काठमाडौं । ‘फुलबुट्टे सारी’ को कभर गीत गाएर चर्चामा आएकी युगान्डाकी गायिका बियोन्से कलाकार मदनकृष्ण श्रेष्ठसँग बुधबार काठमाडौंमा भेटिन् । युगान्डाको झण्डाअंकित पहिरनसहित उनी मदनकृष्ण श्रेष्ठलाई भेट्न पुगेकी थिइन् ।
केही समयअघि मदनकृष्ण श्रेष्ठले पनि यस गीतको ‘लिजेन्डरी भर्जन’ गाएका थिए । त्यही गीत बियोन्सेले पनि गाएकी थिइन् ।

बियोन्सेले यो गीत गाएपछि चौतर्फी चर्चा चल्यो । उनले गीत गाएपछि श्रेष्ठले बियोन्सेसँग भेट्ने इच्छा व्यक्त गरेका थिए ।
केही दिनपछि बाह्रखरीको सम्पर्कमा आएकी बियोन्सेले आफू मदनकृष्णबाटै प्रभावित भएर यो गीत गाएको बताइन् ।

दुवैले एकअर्काको प्रशंसा गरेपछि बुधबार भेट जुर्‍यो । भेटमा सुरुमा दुवैले एकअर्कालाई अभिवादन गरे आत्मीयता साटे पनि ।
मदनकृष्णकै अगाडि बियोन्सेले श्रेष्ठकै नक्कल गर्दै गीत पनि गाइन् ।

गीत सुनेपछि उनले प्रशन्नता व्यक्त गरे । अन्त्यमा आफूले नेपालका दिग्गज कलाकारलाई भेट्न पाएकोमा निकै उत्साहित भएको बताइन् ।
आफू उत्साहित भएको बताइरहँदा बियोन्सेले आफूलाई सम्हाल्न सकिनन् । उनको आँखाबाट प्रसन्नताको आँसु झरिरहेका थिए ।

प्रकाशित मिति : बुधबार, १८ चैत्र २०७७ २०:४९
प्रतिक्रिया दिनुहोस्