Logo

एमाले-माओवादी ब्युँताउने फैसलामा पुनरावलोकन गर्न सर्वोच्चको अस्वीकार


सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीचको एकता बदर गर्ने यसअघिको आदेशमा पुनरावलोकन नगर्ने भएको छ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार सर्वोच्च अदालतमा दिएको पुनरावलोकन सम्बन्धी मुद्दामा पुनरावलोकन नहुने आदेश दिइएको हो।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशद्धय तेजवहादुर केसी र प्रकाश ढुंगाना पूर्ण इजलासले बिहिबार पुनरावलोकन नगर्ने आदेश दिएको हो ।

नेकपा आफ्नो पार्टीको नाम भएको भन्दै ऋषिराम कट्टेलले दिएको रिटमा न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले फागुन २३ गते एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई एकीकरण पूर्वको अवस्थामा फर्काइदिने फैसला गरेको थियो।
नामको विवाद भए नाम फेर्न मौका दिनु पर्नेमा एकीकरण नै उल्ट्याउने फैसला अन्यायपूर्ण, संविधान र नजिरविपरीत भएको भन्दै प्रचण्डले पुनरावलोकन हुनु पर्ने जिकिर गरेका हुन्।

नेकपा फुटाएर एमाले र माओवादी केन्द्र ब्युँताउने फैसलामा आठ प्रश्न उठाउँदै प्रचण्डले पुनरावलोकनको माग गरेका थिए।

प्रकाशित मिति : बिहीबार, १९ चैत्र २०७७ १९:१९
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ