Logo

ओलीविरुद्ध देशव्यापी प्रतिकारमा उत्रिन कार्यकर्तालाई खनाल-नेपाल समूहको आग्रह (विज्ञप्तिसहित)


काठमाडौँ  :  नेकपा एमालेको खनाल–नेपाल समूहले अध्यक्ष केपी शर्माको पछिल्लो कदमविरुद्ध उत्रिने निर्णय गरेको छ । वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले संयुक्त विज्ञप्ति जारी गर्दै नेता कार्यकर्तालाई ओलीविरुद्ध उत्रिन आग्रह गरेको हो ।  उक्त समूहले ओली प्रधानमन्त्री भएपछि जनविरोधी गतिविधिमात्रै गरेको आरोप पनि लगाएको छ । 

‘पार्टीभित्र विचार र संगठनको सम्बन्धमा छलफल र बहसको ढोका बन्द गरी नेकपा (एमाले) लाई विभाजन गर्दै छिन्नभिन्न गर्ने दुराशयकै निरन्तरता हो । यस्तो पार्टी विधान, पद्धति र मान्यता विपरीतको कार्यको हामी भर्त्सना गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘केपी शर्मा ओलीबाट भएका उक्त प्रकारका देश, जनता र पार्टीको हित विपरीतका क्रियाकलापका विरुद्ध तथा पार्टीको क्रान्तिकारी सिद्धान्त र विचारको पक्षमा दृढतापूर्वक एकताबद्धरुपमा संगठित भई देशव्यापी रुपमा सक्रिय हुन हामी नेकपा एमालेका सम्पूर्ण इमान्दार देश, जनता र पार्टीको हितप्रति प्रतिबद्ध सम्पूर्ण नेता, कार्यकर्ता, सदस्यमा आव्हान गर्दछौँ ।’ 

विज्ञप्तिमा झलनाथ खनाल, माधव कुमार नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य,भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण बिष्ट,योगेश भट्टराई, मुकुन्द न्यौपाने, सुरेन्द्र पाण्डेले हस्ताक्षर गरेका छन् ।  

प्रकाशित मिति : शनिबार, २१ चैत्र २०७७ ०१:०२
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ