Logo

मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव माओवादी केन्द्रले पनि फिर्ता लिने


प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश सचिवालयमा दर्ता गरिएको अविश्वास प्रस्ताव नेकपा माओवादी केन्द्रले पनि फिर्ता लिने भएको छ।

आज दिउँसो २ बजे बस्ने प्रदेश सभाको बैठकबाट उसले अविश्वास प्रस्ताव फिर्ता लिने भएको हो।

कारण नेकपा हुँदा अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका माधव नेपाल पक्षका सांसदले एमाले पुनर्स्थापना भएपछि यही चैत १७ गते आफ्नो नाम झिकेका छन्। जसले गर्दा अविश्वास प्रस्ताव पास नहुने देखेपछि माओवादी केन्द्रले पनि निर्णय फिर्ता लिने भएको हो।

माओवादी केन्द्र संसदीय दल स्रोतका अनुसार आज बस्ने बैठकमा प्रस्तावक र समर्थकको सम्बोधनपछि प्रस्ताव फिर्ता गरिनेछ।

तत्कालीन नेकपाका प्रचण्ड–नेपाल समूहका ३७ सांसदले गत पुस १२ गते मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए। तर पार्टीको नाम विवादमा ऋषि कट्टेलले हालेको मुद्दामा सर्वोच्च अदालतले गत फागुन २३ गते कट्टेलकै पक्षमा फैसला गर्दै एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा खारेज गरिदिएपछि राजनीतिक ‘कोर्स’ उलटपुलट भएको हो।

अविश्वास प्रस्तावमा नेपाल समूहका २२ र प्रचण्ड समूहका १५ प्रदेश सांसदले हस्ताक्ष गरेका थिए। ९३ सांसद रहेको प्रदेश सभामा अविश्वास प्रस्ताव पास गर्न ४७ सांसद आवश्यक पर्छ। तर नेपाल पक्षका सांसदले अविश्वास प्रस्तावबाट हात झिकेपछि प्रस्ताव पास नहुने निश्चित भएको हो।

प्रकाशित मिति : सोमबार, २३ चैत्र २०७७ १२:०८
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ