माप्य दुधकाशी गाउँपालिकामा ‘राष्ट्रपति रनिङ शिल्ड’ सम्पन्न, ८ स्वर्ण पदकसहित बासाखाली माविले उचाल्यो शिल्ड
सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । गत शुक्रबार प्रदेश सभा सदस्य बुद्दिकुमार राजभण्डारीले उद्घाटन गर्नुभएको गाउँपालिकामा स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आईतवार समापन गरिएको हो ।
छात्र/छात्रा भलिबलका साथै झण्डै एक दर्जन विविध खेलकुद तथा शैक्षिक प्रतियोगिता सञ्चालन गरिएकोमा श्री बासाखाली मावि, राप्छाले ८ स्वर्ण पदक, ६ रजत पदक र १ कास्य पदकसहित प्रथम स्थान हासिल गरेको छ ।
त्यस्तै ४ स्वर्ण, ३ रजत र १ कास्य पदक ल्याएर काँकु मावि, भेडाचौर द्धितीय भएको छ भने २ स्वर्ण, ४ रजत र ६ कास्य पदकसहित हिमालय मावि, बासाले तीतृय स्थान हासिल गरेको छ ।
त्यसैगरी हिमालय मावि, वाकु र जुभिङ माविले क्रमशः चौथो र पाँचौ स्थान ल्याए । हिमालय मावि, वाकुले २ स्वर्ण र ४ रजद पदक जित्दा जुभिङ माविले २ स्वर्ण, ३ रजत र ७ कास्य पदक प्राप्त गर्यो ।
आइतबार हिमालय मावि, बासाको प्रांगानमा सम्पन्न समापन समारोहबीच विजेता सबैलाई गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले विजेता सबैलाई बधाई ज्ञापन गर्नुका साथै सिल्ड, मेडल तथा पुरस्कार राशी प्रदान गर्नुभयो ।
समापन समारोहमा गाउँपालिकाकी उपाध्यक्ष जुनितामाया मगर, प्रमुख प्रशासकीय अधिकृत शिवकुमार राईका साथै स्थानीय जनप्रतिनिधि, शैक्षिक संस्था तथा खेलकुदसँग सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।