Logo

सोलुखुम्बुमा पनि एमालेको समानन्तर कमिटी घोषणा, अध्यक्षमा लामा र सचिबमा राई


सोलुखुम्बु/५ बैशाख । नेकपा एमाले सोलुखुम्बुमा छुट्टै जिल्ला कमिटी (समानन्तर) गठन कमिटी गठन गरिएको छ । माधव नेपाल पक्षीय एमालेले दोर्जी जाङ्बु लामाको अध्यक्षतामा समानन्तर घोषणा गरेको हो । जिल्ला उपाध्यक्षमा नन्दराज गुरुङ, सचिवमा डिल्ली राई र सहसचिवमा मानवीर राईलाई जिम्मेवारी प्रदान गरिएको एमालेका पूर्व जिल्ला अध्यक्ष आङङिमा लामाले जानकारी दिनुभयो ।

पार्टी कमिटी गठन भएसँगै संगठन विस्तारको कामले तिब्रता लिने लामाले जानकारी दिनुभयो ।

यसैबीच सोलुखुम्बुबाट ८ जना नेताहरुलाई प्रदेश कमिटि सदस्यमा मनोनित गरिएको छ । प्रदेश कमिटि सदस्यमा सोताङका जुद्धबहादुर कार्की, टाप्टिङका सन्तोष थापामगर, गुदेलका नरेन्द्र राई, बेनीका दोर्जी शुसिल शेर्पा, वाकुकी सुजाता राई, बासाका बुद्धिकिरण राई, गार्माका प्रेमकुमार श्रेष्ठ र जुनबेशीका दोर्जी जाङ्बु लामा रहनु भएको छ ।

प्रकाशित मिति : सोमबार, ६ बैशाख २०७८ १२:३६
प्रतिक्रिया दिनुहोस्