Logo

माधव नेपाल पक्षका २० नेतालाई थप कारबाही गर्ने निर्णय


नेकपा एमालेको बैठकले थप नेताहरुमाथि कारबाही गर्ने निर्णय गरेको छ।अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सो बैठकले यसअघि नै कारबाहीमा परेका पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई थप कारबाही गर्ने र अन्य १६ जना नेतालाई पनि कारबाही गर्ने भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा सो निर्णय गरिएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए।यी चारैजना नेताले यसअघि दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै निलम्बित गरिसकिएको छ।

उनीहरुबाहेक प्रकाश ज्वालासहित कणाली प्रदेशका पाँच जना नेताहरु र अन्य नेताहरु समेत गरी २० जना नेतालाई दुई दिनको अन्तिम चेतावनीयुक्त स्पष्टीकरण सोध्ने निर्णय गरिएको ती केन्द्रीय सदस्यले बताए।
उनका अनुसार ती नेताहरुबाट सो स्पष्टीकरण आएपछि बैशाख १० गते बस्ने बैठकबाट कार्बाही गरिने छ। ‘विधानको प्रावधानअनुसार सफाइ पेस गर्न दिइएको हो,’ उनले भने।

गत पुसमा बसेको ओलीपक्षीय केन्द्रीय समितिको एउटा बैठकले १५ सय १ जनालाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको थियो।

सो १५ सय १ जनाको समितिलाई अब राष्ट्रिय प्रतिनिधि परिषद बनाउने निर्णय पनि सो बैठकले गरेको छ।

प्रकाशित मिति : सोमबार, ६ बैशाख २०७८ १९:४९
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ