Logo

बैशाख १० गतेभित्र सच्चिन ओली पक्षद्धारा माधव पक्षलाई निर्देशन


सोलुखुम्बु – नेकपा एमाले सोलुखुम्बु (ओली पक्ष) ले पार्टी बिभाजनको पक्षमा लागेको भन्दै माधवकुमार नेपाल पक्षलाई कारबाहीको चेतावनी दिएको छ । माधव पक्षले सोलुखुम्बु जिल्ला कमिटी गठन गरेपछि ओली पक्षले प्रेस विज्ञप्ती जारी गरी यही वैशाख १० गतेभित्र सच्चिने गरी विज्ञप्ती निकाल्न निर्देशन दिएको छ ।

ओली पक्षीय जिल्ला अध्यक्ष डुफकुमार बास्तोला र सचिव आशकुमार राई (शिशिरि)द्धारा जारी विज्ञप्तीमा पार्टीलाई विभक्त गराउने गरी जिल्लामा समानान्तर कमिटी गठन गर्ने कार्य निन्दनीय रहेकोले यस्ता किसिमका गतिविधिमा संलग्न नहुन भनिएको छ ।

प्रकाशित मिति : मंगलवार, ७ बैशाख २०७८ ०८:१३
प्रतिक्रिया दिनुहोस्