Logo

थुलुङ दुधकोसी गाउँपालिकाद्धारा साढे ४६ करोड बढिको बजेट सार्वजनिक, भुमिहिन किसान र सुकुमबासीलाई घडेरी दिने जस्ता लोकप्रीय कार्यक्रम


शिखरपोष्ट रिपोर्टर
मुक्ली । सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोसी गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ । विहिबार छैटौं गाउँपालिकाको केन्द्र मुक्लीमा सम्पन्न गाउँसभाबाट पारित यस आर्थिक वर्षको लागि कुल ४६ करोड, ६२ लाख १६ हजार ७ सय रुपियाँ बजेट विनियोजन गरिएको छ ।

बजेटमार्फत भुमिहिन किसान/सुकुमबासीहरुलाई घडेरी उपलब्ध गराउने जस्ता लोकप्रिय कार्यक्रम अगाडि सारिएको छ । गाउँपालिका अध्यक्ष असिम राईकाअनुसार भुमिहिन किसान/सुकुमबासीहरुलाई घडेरी उपलब्ध गराउन जग्गा खरिद गर्न बजेटको व्यवस्था गरिएको छ ।

त्यस्तै दुधकोसी सामुदायिक अस्पताल, थुलुङ दुधकोसी वहुप्राविधिक शिक्षालय, खेलग्राम लगायतका गाउँपालिकाले शुरु गरेका गौरवका ठुला आयोजनाहरुको लागि उचित बजेटको व्यवस्था गरिएको छ ।

कोभिड १९ बाट आक्रान्त नागरिकहरुको लागि, साङ्क्रमण रोकथाम, उद्दार, उपचार तथा राहत वितरण, संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि आफ्नो ज्यान उत्सर्ग गर्नुहुने शहीद तथा वेपत्ता परिवारलाई जिवन निर्वाह भत्ता उपलब्ध गराउने कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ ।

त्यसैगरी माझि समुदायका विद्यार्थीहरुको शैक्षिक उन्नयनको निम्ति शैक्षिक प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ ।

यसबाहेक माग भई आएका योजनाहरुलाई आर्थिक, सामाजिक विकास तथा रोजगारी सृजना हुने किसिमका आयोजना हरुलाई समानुपातिक वितरणको सिद्दान्त अनुरुप विनियोजन गरिएको अध्यक्ष राईले जानकारी दिनुभयो ।

प्रकाशित मिति : बिहीबार, १० असार २०७८ १४:३३
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ