Logo

प्रदेशबाट सोलुखुम्बु जिल्लाका लागि साँढे ३५ करोड बिनियोजन, कुन स्थानीय तहलाई कति ?


सोलुखुम्बु : प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि सोलुखुम्बु जिल्लालाई रु.३५ करोड ४५ लाख बजेट विनियोजन गरेको छ । आगामी वर्ष खर्च गर्नेगरी जिल्लाका ८ स्थानीय तहका लागि प्रदेश सरकारबाट सो बजेट बिनियोजन गरिएको हो ।

प्रदेश सभा (क) अन्तर्गत पर्ने स्थानीय तहका लागि रु.२३ करोड १८ लाख र प्रदेश सभा (ख) अन्तर्गत पर्ने स्थानीय तहका लागि रु.१२ करोड २७ लाख बजेट विनियोजन भएको छ ।

प्रदेश सभा (ख) अन्तर्गत सोलुदुधकुण्ड नगरपालिकालाई रु.५ करोड ८१ लाख, माप्य दुधकोशी गाउँपालिकालाई रु.२ करोड १७ लाख, खुम्बु पासाङल्हामु गाउँपालिकालाई रु.२ करोड ७ लाख र लिखुपिके गाउँपालिकालाई रु. २ करोड २२ लाख विनियोजन भएको छ ।

यस्तै प्रदेश सभा (क) अन्तर्गत थुलुङ दुधकोशी गाउँपालिकालाई रु.९ करोड ६८ लाख, नेचासल्यान गाउँपालिकालाई रु.६ करोड ६२ लाख, सोताङ गाउँपालिकालाई रु.२ करोड ६ लाख र महाकुलुङ गाउँपालिकालाई रु. ४ करोड ८२ लाख बजेट विनियोजन भएको छ ।

प्रकाशित मिति : मंगलवार, १५ असार २०७८ १४:१४
प्रतिक्रिया दिनुहोस्