थुलुङ दुधकोशी गाउँपालिकाले अघि बढायो त्रिधार्मिक स्थल बनाउने गरी ‘सुकेपोखरी पर्यटन गुरुयोजना’
सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका, ५ जुबुमा अवस्थित सुकेपोखरीलाई त्रिधार्मिक स्थलको रुपमा विकास गरिने भएको छ । किराँत, बौद्ध र हिन्दु धर्मालम्बीको लागि मन्दिरहरु निर्माणसँगै सुकेपोखरीको बृहत्तर बिकासका लागि पर्यटन गुरुयोजना तयार पारिएको छ । ।
पर्यटकीय हिसावले महत्वपुर्ण मानिएको सुकेपोखरीमा खोटाङको हलेसी महादेवस्थानमा दर्शनका लागि आउने दर्शनार्थीहरुलाई सुकेपोखरीसम्म ल्याउने हिसावले संरचनाको निर्माण गर्नेगरी गुरुयोजना तयार पारिएको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष राईले बताउनुभयो ।
गाउँपालिकाले स्थानीय सरकार गठनको पहिलो बर्ष नै सुकेपोखरीको गुरुयोजना बनाएर व्यवस्थित बनाउने योजना बनाएको अध्यक्ष राईको भनाई छ ।
सुकेपोखरी पर्यटन गुरुयोजना कार्यान्वयनका लागि ५ करोड बजेट लाग्ने अनुमान गरिएको छ । लगानी साझेदारीमा संरचना निर्माण गरिने सुकेपोखरीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ३ करोड र स्थानीय सरकारले २ करोड लगानी गर्ने छ ।
गाउँपालिकाले पूर्वधार बिकासका साथै शिक्षा , स्वास्थ्यलगायतलाई गाउँपालिकाकै गौरबको आयोजनाका रुपमा अघि बढाइरहेको छ ।