विद्युतको पाईप बगाएपछि जुभिङ र वाकु क्षेत्र अन्धकारमा
अर्जुन खालिङ
सोलुखुम्बु: सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर १ जुभिङ तथा ६ र ७ वाकु क्षेत्र अन्धकार बनेको छ ।
केही दिन यताको अबिरल वर्षाका कारण ७० किलो वार्डको खरिखोला तेस्रो लघुजलबिधुतको पाईप बगाएपछि जुभिङ र वाकु क्षेत्रको बिधुत आपुर्ति अबरुद्ध भएको हो ।
खरिखोला तेस्रो लघुजलबिधुतबाट जुभिङ र वाकुका करिब एक हजार उपभोक्ता मारमा परेका छन ।
लगातार पानी परेको कारण विद्युतको पाईप बगाएको खरिखोला लघुजलविद्युत आयोजनाका प्राबिधिक रामकृष्ण थापा मगरले जानकारी दिए ।
पुनर्निर्माणको काम भने भैरहेको भएपनि बिबिध कारणले तत्काल बिद्युत संचालनमा ल्याउन नसकिने भनाइ मगरको छ ।
आयोजना अबरुद्ध हुदा जुभिङ र वाकुका उपभोक्तहरु टेलिभिजन, मोबाइल चार्ज जस्ता सन्चार माध्यमबाट बन्चित भएका छन् ।