Logo

आमा बनेपछि ‘सक्किगोनि’मा फर्किइन् रक्षा


काठमाडाैं- हाँस्य टेलिसिरियल ‘सक्किगोनि’मा ‘रक्षा’को भूमिका निर्वाह गर्दै आएकी रक्षा श्रेष्ठ कार्यक्रममा फर्किएकी छन्। उनी बिहिबार प्रशारण हुने नयाँ भागबाट कार्यक्रममा देखिनेछिन्।

झण्डै १५ महिनापछि उनी ‘सक्किगोनि’ मा फर्कन लागेकी हुन्। उनको भूमिकालाई दर्शकले निकै मन पाएका थिए। तर, आमा बन्ने भएपछि उनले केही समयका लागि ब्रेक लिएकी थिइन्।

उनी आमा बनेपछि पुनः भद्रगोलमा फर्कने भएकी हुन्। २ महिना अघि मात्रै उनले छोरीलाई जन्म दिएकी थिइन्।
सुरुमा ‘भद्रगोल’ नामको टेलिसिरियल सुरु गरेको यो टोलीले विवादपछि नाम परिवर्तन गरेको थियो। मिडिया हबसँगको विवादपछि अहिले ‘सक्किगोनि’ नाममा त्यही समूहले युट्युवमार्फत् टेलिसिरियल प्रशारण गर्दै आएको छ।
लकडाउनमा बन्द हुँदै आउँदै गरेको टेलिसिरियल प्रायः नेपालमा ट्रेन्डिङमा पर्ने युट्युव हाँस्य कार्यक्रम हो।

प्रकाशित मिति : बिहीबार, ७ श्रावण २०७८ ०८:५५
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ