फाउन्डेसनद्वारा टाक्सिन्दुको गुम्बाका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण
अर्जुन खालिङ राई
सोलुखुम्बु । हिमालयन तारा फाउन्डेसन नेपालले सपोर्टेट् तारा अर्गनाइजेसन युएसएसँगको समन्वयमा गुम्बाका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
फाउन्डेसनका अध्यक्ष छोङ्बा शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न एक समारोहबीच सोलुखुम्बुको टाक्सिन्दुमा अवस्थित टागोन सेर्डुप थार्लिङ गुम्बाका विद्यार्थीलाई सो शैक्षिक सामाग्री वितरण गरेको हो ।
गुम्बाका ६० जनाभन्दा बढी विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको फाउन्डेसनले जनाएको छ । शैक्षिक सामग्री वितरण कार्यक्रममा स्थानीय समाजसेवी तथा बुद्धिजिबीहरुकोसमेत उपस्थिति रहेको थियो ।