Logo

नेपाली विश्व कीर्तिमानी टिमलाई ‘हिमाल साहासी कला सम्मान २०७८’


काठमाडौं । नेपाली विश्व कीर्तिमानी टिमलाई ‘हिमाल साहसिक कला सम्मान २०७८’ बाट सम्मानित गरिएको छ । हिमाल एफ.एम. ९०.२ मेगाहर्जले काठमाडौंमा एक समारोहको आयोजना गरी टिमलाई सो सम्मान प्रदान गरेको हो ।

गत वर्ष सोलुखुम्बु जिल्लाको गोक्यो (४८१३ मिटरको उचाई)मा पहिलो पटक नेपाली कलाकार टोलीले ‘गोक्यो रि’ नामक गीतको लाईभ बाजासहित अडियो रेकर्ड तथा भिडियो छायांकन गरेर गिनिज बुक अफ द वल्र्ड रेकर्ड कायम गरेको थियो । सोही टिमको १७ जनालाई कार्यक्रमका प्रमुख अतिथि पूर्व उपराष्ट्रपति परमानन्द झा, विशिष्ट अतिथि रिपोर्टस क्लब नेपालका अध्यक्ष ऋषि धमला र हिमाल एफ. एम.का अध्यक्ष निमा शेर्पाले सम्मान पत्र तथा गिनिज बुक अफ वल्र्ड रेकर्ड बुकको प्रमाणपत्र प्रदान गरेका हुन् ।

गीतका निर्माता सन्च बहादुर राई, पुष्कर नेपाल, राजन खरेल, लक्ष्मण कार्की र पावल राईलाई गिनिज बुक अफ वल्र्ड रेकर्ड होल्डरको र बाँकी अरु सबैलाई पार्टिसिपेन्ट प्रमाणपत्र प्रदान गरेको थियो । उक्त सम्मान कार्यक्रमलाई राईको ब्राण्डले प्रायोजन गरेको बताइएको छ ।

गीतकार मिलन किरातीको रचनामा रहेको गीतमा बहुप्रतिभाशाली कलाकार, गायक तथा संगीतकार बिक्रम राईको संगीत, चर्चित संगीत संयोजक फनिन्द्र राईको संगीत संयोजन, चर्चित गायिका बबिना किरातीको स्वर रहेको छ भने वरिष्ठ साउन्ड ईन्जिनियर छिरिङ भोटेले रेकर्डिङ गरेका छन् । लाईभ बाद्यबादकको लागि गिटार राजिब बैजु, अक्टाप्याड बिक्रम गुरुङ, मादल संगीतकार बिक्रम राई र बासुरी पावल राईले बजाएका थिए ।

गोक्यो रि गीतको म्युजिक भिडियोको निर्देशन अहिलेका ब्यस्त कलाकार तथा निर्देशक दुर्लभ जन्तरेले गरेका हुन् । जन्तरेको निर्देशनमा मोडेल तथा गायिका बबिना किराती, मोडल अनिश सिंजाली मगर र बाल कलाकार १० वर्षीय रायल राई रहेका छन् भने छायांकन तथा सम्पादन इसाक जबेगु र सहयोगी छायाकारमा दुर्गा प्रशाद राई रहेका छन् ।

प्रकाशित मिति : आईतवार, ३१ श्रावण २०७८ १८:०८
प्रतिक्रिया दिनुहोस्