Logo

थुलुङ दुधकोशीमा डिजिटल माध्यमबाट सेवा शुरु


सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले विद्युतीय माध्यमबाट सेवा सुरु गरेको छ । आईतबार आयोजित एक समारोहबीच गाउँपालिका अध्यक्ष असिम राईले विद्युतीय राजस्व प्रणालीको औपचारिक उद्घाटन गर्नुभएको हो ।

‘गाउँपालिकाबाट प्रवाह हुने सेवा नागरिकले सहज रुपमा लिन सकुन भन्ने उदेश्यले विद्युतीय माध्यमबाट सेवा सुरु गरेका हौँ’ उद्द्घाटन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष राईले भन्नुभयो, ‘अब नागरिकले जुनसुकै स्थानबाट पनि गाउँपालिकामा कर तिर्न सक्ने छन् ।त्यसका लागि गाउँपालिकाको मातहतमा करदाताको रुपमा दर्ता भएको सेवाग्राहीले ईन्टरनेटको पहुँच मार्फत आफ्नो युजर नेम र पासवर्ड प्रयोग गरि विश्वको जुनसुकै स्थानबाट आफ्नो व्यक्तिगत विवरण, सम्पति विवरण, व्यवसाय सम्बन्धित विवरण हेर्न मिल्ने र कर तिरेको विवरण हेर्न, व्यवसाय कर, मालपोत सम्पति कर लगायतका अन्य कर तथा शुल्कको भुक्तानी प्रक्रिया अनलाईन मार्फत सम्पादन गर्न सक्ने गरि अनलाइर्न प्रणाली करदाता पोर्टल तयार गरिएको छ ।’

गाउँपालिकालाई प्रविधिमैत्री बनाउने योजना स्वरुप विद्युतीय सेवा सुरु गरेको भन्दै उहाले यसको माध्यमबाट सुरक्षित र सहज तरीकाले विभिन्न कर तथा शुल्कहरु अनलाईनको माध्यमबाट भुक्तानी गर्न सक्ने बताउनुभयो । हालसम्म १ लाख २३ हजार १४३ राजस्व अनलाईन प्रणालीबाट नै संकलन भईसकेको गाउँपालिकाले जनाएको छ ।

सबैभन्दा पहिला गाउँपालिकाको वडा कार्यालयमा आफ्नो मोबाइल नम्बर, ईमेल ठेगाना र व्यवसाय वा मालपोत विवरण सहित करदाताको रुपमा दर्ता हुनुपर्ने छ । वडा कार्यालयमा स्वयम व्यक्ति वा ईमेल मार्फत सम्पर्क गरि आवश्यक कागजात पेश गरेर करदाताको रुपमा सूचीकृत भई करदाताको संकेत नम्बर र नयाँ आन्तरिक संकेत नम्बर प्राप्त गर्नुपर्ने छ ।

करदाता संकेत नम्बर र नयाँ आन्तरिक संकेत नम्बर प्राप्त गरिसकेपछि ई–सर्भिस डट थुलुङ दुधकोशी गाउँपालिका डट जिओभि डट एनपिमा गई नयाँ प्रयोकर्ताको रुपमा रजिस्टर गर्नुपर्दछ । आफ्नो युजर र पासवर्ड लगिन गरेपछि भुक्त्तानीमा गएर कर तिनुपर्ने विवरण हेरी अनलाईन भुक्तानी सेवा प्रदायक ई–सेवाबाट भुक्तानी गर्न सकिने गाउँपालिकाले जनाएको छ ।

तर, कर तिर्नुपर्ने विवरण केही नदेखिएको खण्डमा करको प्रकार छनौट गरि कर निर्धारण गरी आफुले तिनुपर्ने कर अनलाईन भुक्तानी सेवा प्रदायक ई–सेवाबाटै भुक्तानी गर्न सकिन्छ । करदाता पोर्टलमा रजिस्टर भईसकेपछि ई–सेवाको मोबाइल एपमा गएर स्थानिय सरकारमा आफ्नो करदाता नम्बर राखे तिनुपर्ने करको रकम देखिन्छ ।

प्रकाशित मिति : सोमबार, ८ कार्तिक २०७८ १४:४६
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ