Logo

प्रदेश नं. १ का अर्थमन्त्री आङबो सोलुखुम्बु आउँदै, कार्यक्रमको तयारी पूरा


अर्जुन खालिङ राई
सोलुखुम्बु । प्रदेश नं. १ का आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङबो ‘मौसम’ सोलुखुम्बु आउनुहुने भएको छ । स्टार यूथ क्लब, सोलुखुम्बुले आयोजना गर्न लागेको भलिबल प्रतियोगीता तथा सांगीतिक साँझको उद्घाटनका लागि मन्त्री आङबो मंसिर ५ गते काठमाडौंबाट फाप्लु आउन लागेको क्लबका अध्यक्ष नाम्गेल शेर्पाले जानकारी दिनुभयो ।

अध्यक्ष शेर्पाकाअनुसार कार्यक्रमको समापनसत्रको प्रमुख अतिथि भने सोलुखुम्बुका प्रतिनिधीसभा सदस्य हेम कुमार राई ‘शूरबीर’ आउनुहुनेछ । क्लबले आफ्नो स्थापना दिवसको अवसरमा यही मंसिर ५ गते देखि ८ गतेसम्म जिल्ला समन्वय समिति, सोलुखुम्बुको प्राङ्गण, सल्लेरीमा महिला तथा पुरुष भलिबल प्रतियोगीताको आयोजना गर्न लागेको हो ।

भलिबल प्रतियोगीतामा प्रथम, द्वितिय, त्रृतिय र सान्त्वना स्थान हासिल गर्ने महिला तथा पुरुष दुवैतर्फको पुरस्कार समान राशी क्रमशः १ लाख पचास हजार, १ लाख, ५० हजार र २५ हजार नगदसहित प्रमाण–पत्र र मेडल रहेको छ ।

कार्यक्रमको तयारी करिब पूरा भएको क्लबका महासचिव सुन्दर तामाङ ‘विजय’ले जानकारी दिनुभयो । तामाङकाअनुसार मंसिर १ गते सम्पन्न क्लबको पूर्ण बैठकले कार्यक्रमको लागि सम्पूर्ण कार्यविभाजन गरिएको छ ।

कार्यक्रमको उद्घाटनसत्रमा बौद्ध धर्मावलम्बीहरुको स्यांगी, किरात समुदायको साकेला, तामाङ समुदायको सेलो, मगर समुदायको कौडालगायतका सांस्कृतिक नृत्यसहित स्थानीय कलाकारहरुको साथमा जिल्लाकै पहिलो ब्याण्ड आगमनको बिशेष प्रस्तुति रहने क्लबका प्रचार–प्रसार संयोजक गणेश कुमार राईले जानकारी दिनुभयो ।

कार्यक्रमको समापनसत्रमा गायक प्रताप दास, गायिका अस्मिता अधिकारी, हास्य कलाकारहरु शेरबहादुर गुरुङ, कैलाश कार्की, गायक पूर्ण राईलगायतका राष्ट्रिय कलाकारहरुको सांगीतिक तथा मनोरन्जनात्मक बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : बिहीबार, २ मंसिर २०७८ १९:३८
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ